Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

संसदमा प्रधानमन्त्री शाह, सांसदका प्रश्नको प्रत्यक्ष जवाफ

संसदमा प्रधानमन्त्री शाह, सांसदका प्रश्नको प्रत्यक्ष जवाफ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभा बैठकमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन थालेका छन्। बैठक सुरु हुनासाथ उनले समय मागेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले रोस्ट्रम प्रयोग गर्न अनुमति दिएका थिए।

सभामुखबाट समय पाएपछि प्रधानमन्त्री शाहले संसदमा उठाइएका विषयमा स्पष्ट जवाफ दिन आफू तयार रहेको बताएका छन्।

प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले लामो समयदेखि दबाब दिँदै आएका थिए। आजको उपस्थितिसँगै सांसदका जिज्ञासा र प्रश्नहरूको प्रत्यक्ष सम्बोधन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।