Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि मित्रराष्ट्र चीनका राजदूत महामहिम चाङ माउ मिङ्गले औपचारिक शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा भएको भेटघाटका क्रममा दुई पक्षबीच स्वास्थ्य क्षेत्रको सहकार्य, खाद्य स्वच्छता, तथा आपसी सहयोगका विषयमा छलफल भएको बताइएको छ।

भेटलाई दुई देशबीचको सम्बन्ध सुदृढीकरण र स्वास्थ्य क्षेत्रको साझेदारी विस्तारका रूपमा हेरिएको छ।