Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कृष्णबहादुर महरालाई १ लाख धरौटी माग्ने अदालतको आदेश

कृष्णबहादुर महरालाई १ लाख धरौटी माग्ने अदालतको आदेश

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि महरासँग १ लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो।

विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित भन्सारका केही अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले उक्त प्रकरणमा ७ करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। महरासहितका प्रतिवादीविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधीन छ।