Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा महाधिवेशन प्रतिनिधिमा हरेराम तिमिल्सिना सर्वसम्मत चयन

रास्वपा महाधिवेशन प्रतिनिधिमा हरेराम तिमिल्सिना सर्वसम्मत चयन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं महानगरपालिकाको सम्पन्न अधिवेशनबाट हरेराम तिमिल्सिना “विजय” महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत रूपमा विजयी भएका छन्।

पार्टी स्थापना कालदेखि नै संगठन निर्माण र पार्टीका गतिविधिहरूमा सक्रिय रहँदै आएका तिमिल्सिनालाई महानगरका प्रतिनिधिहरूले सर्वसम्मत रूपमा चयन गरेका हुन्।

नेपाली राजनीतिमा ‘मत परिवर्तन’ (ब्यालट चेन्ज) मार्फत मात्रै मुलुकमा दिगो विकास, सुशासन र समृद्धिको ढोका खोल्न सम्भव छ भन्ने वैचारिक एजेण्डालाई आम जनतामाझ स्थापित गराउन उनले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।

महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएसँगै तिमिल्सिनाले आगामी राष्ट्रिय महाधिवेशनमा काठमाडौँ महानगरका तर्फबाट प्रतिनिधित्व गर्दै पार्टीको नीति र आगामी कार्यदिशा तय गर्न रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।