Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

समस्याग्रस्त २३ सहकारीका सञ्चालकमाथि निगरानी, लुकाइएको सम्पत्तिबारे सूचना दिन आह्वान

समस्याग्रस्त २३ सहकारीका सञ्चालकमाथि निगरानी, लुकाइएको सम्पत्तिबारे सूचना दिन आह्वान

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २३ वटा समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूको नामावली सार्वजनिक गर्दै उनीहरूले परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको हुन सक्ने सम्पत्ति तथा रकमबारे सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

समितिले जारी गरेको सूचनामा सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी अन्य व्यक्तिको नाममा राखिएको सम्पत्ति, नगद वा अन्य स्रोतबारे जानकारी भए कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। यस्ता सूचनाले बचतकर्ताको रकम फिर्ता प्रक्रिया र सम्पत्ति खोजी कार्यलाई सहयोग पुग्ने समितिको विश्वास छ।

साथै, सम्बन्धित सहकारीका सञ्चालकहरूलाई दायित्व व्यवस्थापन, ऋण असुली, सम्पत्ति पहिचान तथा बचत फिर्ता प्रक्रियामा सहयोग गर्न निर्देशन दिइएको छ। समितिले नियमित सम्पर्कमा रही आवश्यक समन्वय गर्न आग्रह गर्दै सहयोग नगरे कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।

समितिले सार्वजनिक गरिएको विवरणमा कुनै त्रुटि वा अद्यावधिक गर्नुपर्ने अवस्था भए आफ्नो कार्यालयमा सम्पर्क गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।

२३ समस्याग्रस्त सहकारी सञ्चालकहरुको विवरण यस्तो छः

https://www.coopmc.gov.np/content/13263/details-of-available-names-of-directors-of/