Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

औषधि आपूर्ति सुधारका लागि मन्त्रालयको चासो, विभागलाई आवश्यक विवरण पेश गर्न निर्देशन

औषधि आपूर्ति सुधारका लागि मन्त्रालयको चासो, विभागलाई आवश्यक विवरण पेश गर्न निर्देशन

काठमाडौँ । मिति २०८३ जेठ २० गते औषधि व्यवस्था विभाग र मन्त्रालयका प्रतिनिधिबीच औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएका समस्या र तिनको समाधानका उपायबारे छलफल भएको छ।

बैठकमा विशेषगरी क्यान्सरविरुद्ध प्रयोग हुने औषधि तथा इम्युनोसप्रेसन्ट औषधिको आपूर्तिसम्बन्धी गुनासा, त्यसको वास्तविक अवस्था र समाधानका सम्भावित उपायहरूबारे विस्तृत समीक्षा गरिएको थियो। साथै, आपूर्तिको अनुमति लिएर पनि औषधि उपलब्ध नगराउने आपूर्तिकर्तामाथि अपनाउन सकिने विभिन्न विकल्पबारे समेत छलफल भएको छ।

छलफलका क्रममा जीवनरक्षक औषधि आयातका लागि अनुमति प्राप्त आयातकर्ताको सूची, विगत तीन वर्षको आयात परिमाण, वार्षिक खपतको विवरण तथा आपूर्ति अनुमति माग गर्ने संस्थाहरूको निवेदनसम्बन्धी जानकारी उपलब्ध गराउन विभागलाई निर्देशन दिइएको छ।

यसैगरी, विभागअन्तर्गत सञ्चालनमा रहेका सफ्टवेयर प्रणालीको सुधार, क्षमता विस्तार तथा वेबसाइटका विवरण नियमित रूपमा अद्यावधिक गर्ने विषय पनि छलफलको मुख्य एजेन्डा बनेको थियो।


औषधि आपूर्ति सुधारमा मन्त्रालयको चासो, विभागलाई आवश्यक विवरण पेश गर्न निर्देशन