Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

कुशल भुर्तेलको विस्फोटक शतक, मलेसियाविरुद्ध ४४ बलमै सय पूरा

कुशल भुर्तेलको विस्फोटक शतक, मलेसियाविरुद्ध ४४ बलमै सय पूरा

काठमाडौँ । एसियन गेम्स छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले लगातार दोस्रो खेलमा शतक प्रहार गर्दै उत्कृष्ट फर्म जारी राखेका छन्।

मलेसियाविरुद्धको खेलमा भुर्तेलले मात्र ४४ बलमा शतक पूरा गर्दै आक्रामक ब्याटिङ प्रदर्शन गरे। उनले कुल ५४ बलमा १२६ रन बनाएर पारी समाप्त गरे, जसमा चौका र छक्काको वर्षा देखिएको थियो।

उनको विस्फोटक इनिङ्सका कारण नेपालले ठूलो स्कोरतर्फ बलियो अग्रसरता लिएको छ। समाचार तयार पार्दासम्म नेपालले १८.३ ओभरमा ५ विकेट गुमाउँदै २६२ रन बनाइसकेको छ।

यसअघि भुर्तेलले चीनविरुद्धको खेलमा ३५ बलमै शतक प्रहार गरेका थिए। लगातार दुई खेलमा शतक प्रहार गर्दै उनले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका छन्।