Shares
Shares
नेपाली लोक दोहोरी क्षेत्रमा अर्को इतिहास रच्ने तयारीमा रहेको करोडौको क्लबनजिकै प्रबेस गर्दै गरेको चिया छानेको गीत यो समय निकै चर्चामा छ ।उक्त गीत यो समय एक करोड दर्शकले हेरिसकेका छन।शुभारम्भ डिजिटल मार्फत शम्भु कुँवरको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा अमृत सापकोटा र कमला घिमिरेले आवाज भरेका छन।
यो समय कमेडी च्याम्पियन देखि धुर्मुस सुन्तली फाउन्डेसनले बनाउदै गरेको रंगशाला सम्म यही गीतको दैनिकी चर्चा हुने गर्छ।यसको भाग दुईको प्रतिक्षामा समेत छन दर्शक दर्शकको मन जितेको उक्त गीत करोडको क्लबमा पुगे संगै नया घोषणा हुने निर्माण टिमले जानकारी दिएको छ।हेरौ भिडियो फेरी एक पटक :
यो पनि पढ्नुहोस
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावलले आफूलाई बालुवाटारबाट ज्यान लिने ध*म्की आएको दाबी गरेका छन् ।
विशेष कुराकानीमा स्थायी कमिटी सदस्य रावलले आफ्नो ज्यान लिने ध*म्की बालुवाटारमा बस्ने व्यक्ति बाट आएको दाबी गरे । तर उनले कस्ले ध*म्की दियो भन्ने खुलाउन चाहेनन् । बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो ।
‘मलाई ज्यानको समेत ध*म्की दिइएको छ बालुवाटार बस्ने व्यक्तिबाट’ नेता रावलले भने,‘लेडि डायनाले जसरी ज्यान गुमाउनु प¥यो तिमीले पनि त्यसरी नै ज्यान गुमाउनु पर्ला भनेर मलाई धम्की दिइयो । यो विडम्बना हो । ’
नेता रावलले कसैको मृ*त्यु वा ह*त्याले त्यस व्यक्तिको राष्ट्र राष्ट्रियताका पक्षमा निस्किएका आवाजहरु हराएर नजाने बताए ।
‘मलाई मार्छु भन्ने व्यक्तिले के सम्झनु पर्छ भने पुष्पलालको मृ*त्यु भएर नेपालको कम्युनिस्ट आन्दोलन र देशभक्ति पूर्ण आवाजहरु हराएर जाँदैनन् भन्ने स्मरण गर्नुपर्छ’ उनले भने,‘मदन भण्डारीलाई दासढुंगामा गाडी दुर्घ*टनाको मञ्चन गरेर ह*त्या गर्दा मदन भण्डारीका देशभक्तपूर्ण आवाज नेपाली धर्तीबाट रोकिएका छैनन् भन्ने कुरा मलाई जीवनको ध*म्की दिनेहरुले राम्ररी स्मरण गर्नुपर्ने हुन्छ ।’
यस्ता ध*म्कीबाट आफू नडराउने भन्दै नेता रावलले भने,‘म त्यसबाट डराउँदिन । र म स्मरण गराउन चाहन्छु कोही व्यक्ति पनि यो धर्तीमा अजर अमर छैनन् भन्ने कुरा प्रत्येक व्यक्तिले हेक्का राख्नुपर्छ ।’
राजनीतिक दलका नेताहरु जनताका माध्यम भएको बताउँदै नेता रावलले देशको माया गर्ने र राष्ट्रलाई जोगाउनु पर्छ भन्दा साथ र समर्थन भन्दा धम्की र विरोध हुन दुःखद् भएको बताए । ‘हामी जनताका माध्यम हौं । नेपाल जसलाई हामी आमा समान मान्छौं यो मात्रै धेरै लामो कालसम्म अस्तित्वमा रहन सक्छ, अरुको अस्तित्व अस्थायी छ ।’
देशको हीत, राष्ट्रियता, स्वाधिनताको कुरार्मा नझुकौं नलत्रिऔं, हामी उभिएर देशको स्वाथ्र्यको कुरा गरौं भन्दा केहीलाई चिन्ता लागेको रावलको भनाइ थियो ।
‘भीम रावल लेडी डायनाको अवस्थामा पुग्छ भनेर बालुवाटारमा बस्ने मानिसले भन्दा मलाई लाग्छ प्रत्येक देशभक्तको मन रोएको हुनुपर्छ । तर म रोएको छैन । म दृढ छु’ नेता रावलले भने,‘ मैले के ठानेको थिए भने मैले देशको पक्षमा बोल्दा धन्यवाद आउँछ होला भन्ने लागेको थियो तर ह*त्याको ध*म्की पो आयो । तर म ज्यानको धम्कीबाट डराउँदिन । यस्तो धम्की दिनेहरु निरंकुश व्यवस्थामा पनि थिए । राष्ट्र र मुलुकका पक्षमा दिएको अभिव्यक्ति हराएर जाँदैन ।’
राजनीतिमा विचारको बहस हुन सक्ने भन्दै नेता रावलले राष्ट्र हीत नहुने कुराको विरोध गर्दा राजनीतिक रुपमा लड्न छोडेर धम्कीमा उत्रनु दुखद् भएको बताए ।
आफूले पार्टीको स्थायी कमिटी बैठकमा अमेरिकाले नेपाललाई दिने सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे कुरा उठाउँदा त्यसको प्रतिवाद राजनीतिक रुपमा नभएर ज्यान मार्ने धम्की तर्फ गएको उनको दाबी छ ।
‘एमसीसी जुन बुँदाहरु उठाएको छु यो झुठा हुन् भनेर भने भयो । यो यति कारण पास गर्नुपर्छ । यो सहमतिमा रावलले भनेको कुरा लेखिएको छैन भनेर खण्डन गरे हुन्छ’ नेता रावलले भने,‘तर ज्यानको धम्की दिने कुरा आजको राजनीतिक प्रणालीसँग मेल नखाले कुरा हो ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्– मार्ने धम्की झुठो
आफ्नै दलको सरकार र पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा ज्यान मा*र्ने ध*म्की आएको ग*म्भीर आ*रोपको बालुवाटारले भने खण्डन गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेता भीम रावलले चर्चामा आउनका लागि झूठ बोलेको आरोप लगाए ।
कुराकानीमा प्रेस सल्लाहकार थापाले भने नेता रावलले लगाएको आरोपको खण्डन गरे ।
‘उहाँ(भीम रावल) विषयवस्तुलाई बङ्ग्याउन सिपालु व्यक्ति हो’ सल्लाहकार थापाले भने,‘एमसीसीको सवालमा उठेका विषयलाई सबैले पढ्न सकिन्छ, हामी आग्राका कुरा गरिरहेका छौं, उहाँ(भीम रावल) गाग्राको कुरा गरिरहनु भएको छ ।’
खबर हबबाट साभार
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209