Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

गृहमन्त्री सुधन गुरुङको हातमा सयौं भ्रष्टाचारी नेताको नाम,खोल्दै छन् ठुला ठुला फाइल

गृहमन्त्री सुधन गुरुङको हातमा सयौं भ्रष्टाचारी नेताको नाम,खोल्दै छन् ठुला ठुला फाइल

गृहमन्त्री बनेको २४ घण्टा बित्न नपाउदै केपी शर्मा ओली देखि रमेश लेखक सम्म पक्राउ गरेर एकाएक चर्चामा आएका गृहमन्त्री सुधन गुरुङ बीचको करिब २ महिना मन्त्री पदबाट बाहिर रहे।अहिले छानबिन समितिले निर्दोष सावित गरेसंगै उनि पुन गृहमन्त्री बनेका छन।जेनजी को लिडर समेत रहेका गुरुङकै कारण अघिल्लो सरकार अर्थात् जेनजी सरकार समेत बनेको थियो।त्यसपछि चुनाव भयो र देशले नयाँ सरकार पायो।

सरकार निर्माणको अबस्थामा सुधननै गृहमा रोजाईको व्यक्ति समेत बनेका थिए।धेरैले सुधनलाई गृह नभई पर्यटन मन्त्रालयमा आउने आशंका गरेका थिए तर रवि र बालेनकै सहमतिमा उनि सिधै गृहमन्त्री बनेका हुन्। गृहमन्त्री सुधन गुरुङले आफु गृहमा रहदा छोटो समयमै लोकप्रिय काम गरिसकेपछि सबैको मन जितेका थिए।तर उनको पैत्रिक सम्पति देखि सेयर लगानीको बिषयलाई लिएर सर्वत्र चासो बढेपछि उनले नैतिकताको आधारमा राजिनामा दिएका थिए।उनको राजिनामा संगै धेरैले पुन आउने आस समेत गरेका थिए।

अब सुधनको हातमा ठुला फाइलहरु परेका छन।अघिल्लो पटक अध्यन गरेको तर खोल्न नभ्याएका ठुला फाइलहरु सुधन गुरुङले खोल्ने भएका छन।मन्त्रालय श्रोतले दिएको जानकारी अनुसार उनले अब आफ्नो कामको गति अझै तिब्र बढाउने योजनामा छन।करिब २ महिना मन्त्रालय बाहिर रहदा पनि उनले अध्यननै गरेका थिए।करिब १ सय भन्दा बढी फाइल सुधनको हातमा छ।जुन फाइलहरुले धेरै ठुला नेता देखि भ्रष्टाचारीहरु जेल पुग्ने देखिन्छ।

गृहमा प्रवेश गरेकै दिन उनले दरबार हत्याकाण्ड बाहिर ल्याउने वाचा गरे।२०५८ सालको उक्त घटनामा पनि धेरै व्यक्तिहरु जोडिएको आशंका छ।सो समयमा कुनैपनिर राम्रो छानबिन नभएको आरोप लाग्दै आउदा गुरुङले भने आट गरेरै उक्त फाइल खोल्ने निर्णय गरे जुन निर्णयको अहिले सर्वत्र चर्चा छ।गुरुङले आफ्नो कदम अब बलियो शैलीमा अगाडी लादै छन।उनि रवि र बालेनकै सल्लाहमा काम गर्न पुन फर्किएको हुन्।

रवि लामिछानेले उनलाई बधाई समेत दिएका थिए।गृहमन्त्रीको सपथ खाने बित्तिकै रविले राष्ट्रपति कार्यालयमै पुगेर अब देश र जनताको पक्षमा झन् बलियो बनेर काम गर्न उनलाई सुभकामना दिएका थिए।रवि प्रति सुधन निकै नतमस्तक देखिएका थिए।सुधन आए संगै गृहमा सबै उत्साहित देखिन्थे।कर्मचारीले समेत सुधन ब्याक भएको भन्दै दहि र घडा राखेर स्वागत गरेका थिए।अघिल्ला गृहमन्त्रीलाई भन्दा फरक शैलीमा उनलाई स्वागत गरिएको थियो।सुधनको कम्ब्याकले अहिले सबैतिर उनकै चर्चा छ।