काठमाडौं । जापानलाई हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा ब्राजिलले जापानलाई २-१ ले पराजित गरेको हो ।
पहिलो हाफमा जापानले अग्रता लिएको थियो । खेलको २९ औँ मिनेटमा जापानका काइसु सानोले गोल गर्दै अग्रता दिलाएका थिए । ब्राजिलका क्यासिमिरोले दोस्रो हाफको ५५ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए ।
खेलको ९६औँ मिनेटमा ब्राजिलका ग्याब्रिएयल मार्टिनेलीले गोल गर्दै नतिजा २-१ को स्थितिमा ल्याए ।जापानले हालसम्म नकआउट चरण पार गरेको इतिहास छैन । ब्राजिलसँगको हारसँगै उक्त इतिहास पुन: दोहोरिएको छ ।