Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिंहदरबारमा ह्वीलचियर र सहजकर्ता सेवा सुरु, अशक्त र ज्येष्ठ नागरिकलाई राहत

सिंहदरबारमा ह्वीलचियर र सहजकर्ता सेवा सुरु, अशक्त र ज्येष्ठ नागरिकलाई राहत

काठमाडौँ ।  सिंहदरबारभित्रका सरकारी कार्यालयमा सेवा लिन आउने अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा कर्मचारीका लागि ह्वीलचियर र सहजकर्ता सेवा सुरु गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले बुधबार सेवाको शुभारम्भ गर्दै शारीरिक अवस्थाका कारण कसैले पनि सेवा लिन कठिनाइ भोग्न नपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार ह्वीलचियरसँगै एक जना सहजकर्ता खटाइनेछ, जसले सेवाग्राही वा कर्मचारीलाई सम्बन्धित शाखा वा कार्यकक्षसम्म पुर्‍याउन सहयोग गर्नेछन्।

सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित यो सेवालाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने र क्रमशः अन्य सरकारी निकायमा पनि विस्तार गर्ने तयारी गरेको छ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले बुधबारबाट सिंहदरबारभित्रका सरकारी कार्यालयमा सेवा लिन आउने अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा कर्मचारीका लागि ह्वीलचियर र सहजकर्ता सेवा सुरु गरिएको छ।