Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री शाहको उद्योग व्यवसायीसँग छलफल, लगानी र आर्थिक सुधारमा जोड

प्रधानमन्त्री शाहको उद्योग व्यवसायीसँग छलफल, लगानी र आर्थिक सुधारमा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण र आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आर्थिक गतिविधि चलायमान बनाउने, उद्योग सञ्चालन सहज बनाउने, लगानीमैत्री वातावरण तयार गर्ने र निजी क्षेत्रको मनोबल बढाउने विषयमा छलफल भएको हो।

प्रधानमन्त्री शाहले आर्थिक विकास, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले नीतिगत स्थिरता, सेवा प्रवाहमा सुधार, लगानी विस्तार र सरकार–निजी क्षेत्रबीच नियमित संवादको आवश्यकता औंल्याएका थिए।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूको सहभागिता रहेको थियो।