Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

मंगलबारको दिन यस्ता कामहरु कहिल्यै नगरौ

मंगलबारको दिन यस्ता कामहरु कहिल्यै नगरौ

काठमाण्डौ । धर्मशास्त्रका अनुसार मंगलबारको दिन ति काम गरेमा हानि हुने साथै जीवनमा समस्या बढ्न सक्छ । मंगलबार यस्ता कामहरु गर्न हुदैनन् :

१ मंगलबारको दिन कपाल वा दारी काट्नु हुँदैन । यसो गर्नाले स्वास्थ्य बिग्रने भय रहन्छ । २ मंगलबारको दिन नङ काट्नु हुँदैन । ३ मंगलबारको पैसाको लेनदेन गर्नु हानिकारक मानिन्छ । यसले धन हानि हुने संभावना रहन्छ । ४ मंगलबार सकेसम्म घरमा हवन गर्नु हुँदैन । साथै हवन सामाग्री किन्नु पनि हुँदैन । ५ यस दिन सौन्दर्य सामाग्री खरिद गर्नु हुँदैन । अन्यथा वैवाहिक सम्बन्धमा दरार आउन सक्छ । ६ मंगलबार दूधका परीकार किन्नु, सेवन गर्नु वा दान गर्नु हुँदैन । भगवानलाई चढाउन भने हुन्छ ।

७ मंगलबार कालो रंगको कपडा धारण गर्नु हुँदैन । रातो रंगको कपडा लगाउनु उत्तम हुन्छ । ८ यस दिन फलामका सामान खरीद गर्नु हुँदैन । यसलाई अशुभ मानिन्छ । ९ मगंलवार ब्रत वस्ने वा दान गर्ने ब्यक्तिले गुलियो परीकार सेवन गर्नु हुँदैन । १०। हनुमानको व्रत बस्ने मानिसले दुबै छाक नुनको सेवन गर्नु हुँदैन । ११ मंगलबार घरमा हनुमानको पुजा छ भने घर पूर्णतः शुद्ध राख्नुपर्छ । जुठो र फोहोर हुनुहुँदैन । १२ मंगलबारको दिन धारिलो बस्तुको खरिद गर्नु हुँदैन । जस्तो चक्कु, छुरी कैचीं ।

१३ मंगलबार भुलेर पनि आमासंग ठुलो स्वरमा कुरा गर्ने वा बहस गर्ने गर्नु हुँदैन । १४ मंगलबार पशु बलि दिनु हुँदैन । पशुवली दिएमा सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

१५ मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्नु हुँदैन । अन्यथा मानिसको बुद्धी भ्रमित हुन्छ । १६ मंगलबारको दिन माछा खानु हुँदैन यसले आर्थिक नोक्सानी बनाउने गर्दछ । १७ मंगलबारको दिन मासुको पनि सेवन गर्नु हुँदैन । मंगलबार मासु खँ“दा कुटुम्बको क्षय हुन्छ । १८। यस दिन मदिरा सेवन गर्नु हुँदैन यसले क्रोध वृद्धि गर्ने र आपराधिक मानसिकता बनाउछ । १९ मंगलबारको दिन झगडा गर्नु हुँदैन । अन्यथा आफ्नै बेइज्जत हुने खतरा रहन्छ । २० मंगलबार कसैसंग झुटो बोल्नु हुँदैन । यसले हानि निम्त्याउन सक्छ । बरु नबोल्नुहोस् ।