Shares
Shares
१३ माघ, काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ संगै उनि यो समय प्रहरी हिरासतमा छिन। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।एता उनि प्रहरीको फन्दामा परे संगै कलाकारहरुले आफ्नो बिचार राख्न थालेका छन।सोहि क्रममा चर्चित नायिका रेखा थापाले पनि आफ्नो फेसबुकमा आस्था राउतको बचाउ गर्दै आस्थालाई छिटो रिहा गर्न माग गरेकी छिन उनले लेखेकी छिन
"आस्था रावत प्रहरी हिरासतमा रहेको र उनले प्रयोग गरेका अभिब्यक्ती बारे सबैजसो लाई थाहा छ । उनकै शब्दमा समग्र प्रहरी संगठन प्रती पर्न गएको अमर्यादा बारे भुल स्विकार पनि गरेकी छन । यस बाहेक आस्था एक नागरिक पनि हुन र उनले सेवा प्रबाहमा गरिने व्यबहार बारे सुधारको लागि आक्रोसित भएको देखिन्छ । ब्यक्ती नागरिक र पदाधिकारी जो भएपनी मानविय व्यबहार र असुन्तुष्टी पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछ ।
यसलाई ठुलो बिषय र संस्था प्रतिको आक्रमण नठनी एउटा सेवाग्राहिको जान अन्जान आक्रोसको रुपमा लिएर यथासिघ्र हिरासत मुक्त गर्नु पर्दछ । यस बाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अबसर ठान्नु पर्छ । आस्थाले नियोजित अपराध होइन भुल/आक्रोसमा अपशब्द बोलेको रुपमा लिनु पर्छ । यस्ता घटना धेरैका वास्तविक जीवनमा घटेका हुन्छन र कैयन सार्वजनिक हुँदैनन । सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई कानुनी र प्रशासनिक बिषय मात्रै"
बनाउनु हुँदैन ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे ।
उनले भने, ‘जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको छ । अब अन्य कानूनी प्रक्रिया सुरु हुन्छ ।’
काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो ।
राउतले सोमबार बिहान मात्रै प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् ।
यो पनि पढ्नुहोस
आस्था राउतलाई हिरासतमा राख्न म्याद थप्ने तयारी
यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।
त्यसपछि यो प्रकरण बाहिर आएको थियो ।
राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
सामान्य विवादमा पक्राउ पूर्जी जारी गरेको भन्दै प्रहरीको आलोचना समेत भएको थियो । त्यसपछि केही लचक बन्ने संकेत प्रहरीले दिएको थियो ।
तर, कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले म्याद थप गर्नुपरेको प्रहरी दाबी छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209