Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

चर्चित कलाकार विल्सन विक्रम राई बने छोराको बाउ,जन्म दिनकै दिन छायो खुसि

चर्चित कलाकार विल्सन विक्रम राई बने छोराको बाउ,जन्म दिनकै दिन छायो खुसि

काठमाडौं–कलाकार विल्सन विक्रम राई बाबु बनेका छन्। बुधबार उनको जन्म दिन समेत हो।आफ्नो जन्मदिनमा उनलाई श्रीमती सरिनाले छोरा उपहार दिइन्।

बुधबार उनले सामाजिक सञ्जालमा छोरा बोकीरहेको तस्बिर पोस्ट गरेर लेखे‘ मेरो जन्म दिनमा तिमी बहुमुल्य उपहार हौं ।’ ‘खुशीको कुनै सिमा छैन,’ बाबु बनेपछि नेपाललाइभसँग उनले भने, ‘बर्थडेमा छोरा उपहार पाएँ। आजबाट बाबु भएँ। जन्मदिनमा योभन्दा ठूलो उपहार अरु के हुन सक्छ र?’

ad

विल्सनले गत वर्ष इलामकी सरिनासँग गुपचुप विवाह गरेका थिए। उनको विवाहबारे उनी निकट थोरैले मात्र चाल पाएका थिए। विवाह भएको ७ महिनापछि मात्र विल्सन दुलाहा बनेको सार्वजनिक भएको थियो।

तक्मे बुढोको रुपमा परिचित विल्सन अभिनित फिल्म ‘सेन्टी भाइरस’ फागुन ९ मा रिलिज हुँदैछ ।