Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

अमृत सापकोटा र उनकी श्रीमतीको पहिलो गीतको सुटिङ्गमा यतिधेरै कलाकार,अमृतको परिवारलेनै धादिङ् छाड्दै

अमृत सापकोटा र उनकी श्रीमतीको पहिलो गीतको सुटिङ्गमा यतिधेरै कलाकार,अमृतको परिवारलेनै धादिङ् छाड्दै

पछिल्लो केहि समय एता लोक गायक अमृत सापकोटाको निकै चर्चा छ कारण उनि र उनको श्रीमतीको प्रतक्ष दोहोरी हो।उनीहरु बिचको पहिलो गीतको भिडियो सुटिङ्ग सम्पन्न भएको छ।गीतमा अमृत र सुनिताको आवाज देखिन्छ भने भिडियोमा पनि चर्चित टिकटक देखि चर्चित मोडल सम्म देखिन्छन।

अमृत सापकोटा यो समय स्टेजमा धेरै ब्यस्त रहेका कलाकार हुन् भने उनकी श्रीमतीको पनि आवाज उस्तै सुमधुर छ।कमला घिमिरे संग दोहोरी गाएर एकाएक चर्चामा आएका अमृत सापकोटा सामाजिक संजालमा सबैतिर भाइरल भए जसको कारण उनको खोजि ब्यापक हुने गर्दछ साहेद यसै कारण हुन सक्छ अहिले अमृतको माग छ।उनि संगै उनको श्रीमती संग गरिएको यो बिशेष कुराकानी हेरौ जस्ताको तस्तै :

यो पनि पढ्नुहोस

पूजा शर्मा पछिल्लो समयकी व्यस्त नायिका हुन् । उनले, एकपछि अर्को चलचित्र साइन गरिरहेकी छिन् । यो बर्ष मात्र उनले ५ वटा चलचित्रको छायांकन सक्ने पक्का देखिएको छ । बिहिबार शुभसाइत भएको चलचित्र ‘मन परेसी’सँगै उनले ५ वटा चलचित्रको छायांकन यो बर्ष सक्ने छिन् । यो बर्ष उनले ‘सम्हालिन्छ कहिले मन, पोई पर्यो काले, म यस्तो गीत गाउँछु २ र संझना विर्सना’को छायांकन सकिन् ।

यी मध्ये यो बर्ष दर्शकमाझ ‘पोई पर्यो काले’ रिलिज भैसकेको छ भने ‘म यस्तो गीत गाउँछु २’ फागुणको २५ गतेबाट रिलिज हुँदैछ । नायिका शर्माका अन्य तीन चलचित्र आउँदो बर्ष रिलिज हुने पक्का छ ।

पूजाले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रै व्यापार गरेपछि उनको क्रेज चुलिएको हो । निर्माता पनि उनलाई लिएर चलचित्रमा काम गर्न लालयित छन् । तर, यसरी एकपछि अर्को चलचित्रमा साइन गर्दा पछि काम नै नपाइने डर हुन्छ । के पूजाले यो बिषयमा सोचेकी छिन् त ?

पूजा भन्छिन्–‘मैले काम एकपछि अर्को चलचित्रमा गरेपनि रिलिज भने एकसाथ हुने होइन । फेरि, चलचित्रको कथा मन परेपछि कुनै पनि कलाकारले छाड्न सक्दैन । मैले पनि यही नै गरेको हुँ ।’

उनले अगाडि भनिन्–‘धेरैले मलाई चलचित्र पोई पर्यो काले’ किन साइन गरेको भन्नुहुन्थ्यो । तर, मलाई कथा मन परेपछि मैले छाड्न सकिनँ र काम गरेँ ।’ पूजाले महंगो पारिश्रमिक लिएर काम गरिरहेकी छिन् । यसैले, कतिपयले पूजाले पैसाको लागि काम गरिरहेको आरोप समेत लगाउने गरेका छन् ।