Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

चलचित्र ‘मन्त्र’ को फर्स्टलुक पोस्टर सार्बजनिक

चलचित्र ‘मन्त्र’ को फर्स्टलुक पोस्टर सार्बजनिक

सौगात मल्ल स्टारर चलचित्र ‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्बजनिक गरिएको छ। खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’लभ स्टोरी जनराको चलचित्र हो । सार्बजनिक फर्स्टलुक पोस्टरमा कुनै पनि कलाकारलाइ स्थान दिइएको छैन ।चलचित्रले हिमाली भेगको प्रेम कथा बोल्छ । चलचित्रमा सौगात मल्ल,बुद्दि तामांङ,दिया पुन,नमिता घिसिङ्ग,बिर बहादुर लामाको मुख्य भूमिका रहेको छ।

चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत रहेको छ । संजय लामाले छायांकन गरेको चलचित्रलाइ मित्र डि.गुरुङले सम्पादन गरेका छन्। मुभी र्याकको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता मनोज राजभण्डारी हुन् । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ सह निर्मातामा रहेका छन् । चलचित्रको प्रदर्शन मिति सार्बजनिक गरिएको छैन ।