Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

इन्द्रेणीबाट एकाएक चर्चामा आएकी ८ बर्षीय आयुसाको रबिन संग दोहोरी गाउने पुरा भयो सपना,परे सबै चकित

इन्द्रेणीबाट एकाएक चर्चामा आएकी ८ बर्षीय आयुसाको रबिन संग दोहोरी गाउने पुरा भयो सपना,परे सबै चकित

इन्द्रेणीबाट एकाएक भाइरल भएकी ८ बर्षिय बालिका आयुसा गौयमको अर्को सपना पुरा भएको छ।दोहोरीमा सर्बाधिक रुचाएकि उनि अर्का लाइभ दोहोरीमा सबैले मन पराएका गायक रबिन लामिछाने संग दोहोरी खेलेर आफ्नो ठुलो सपना पुरा गरेको बताउछिन।केहि समय अगाडी उनले रबिन लामिछाने संग दोहोरी खेल्ने ठुलो चाहना रहेको बताएकी थिइन।

उनि सबैको मन मुटुमा बस्न सफल भएकी बाल गायिका हुन्।कमला घिमिरे पछिकै सबैको मुटुमा बसेकी सानी बालिकाको कलाको यो समय निकै सम्मान छ।उनि आफुलाई कमला घिमिरे जस्तै चर्चामा आउन चाहन्छिन।तर उनि अहिले पढाइलै ध्यान दिने र पछि आउने समेत भन्छिन।अहिले उनि २ मा पढ्ने बालिका हुन।पढाइमा समेत प्रथम रहने उनि आफुलाई स्कुल र दोहोरी दुबैमा निरन्तरता दिने बताउछिन।

यो पनि पढ्नुहोस

नायक विराज भट्ट एक्सन स्टारको रुपमा चिनिन्छन् । उनले प्रायः एक्सन चलचित्रहरुमा नै काम गरेका छन् । उनको एक्सनलाई दर्शकले रुचाएका पनि छन् ।

अहिले विराज आफैँले निर्माण तथा निर्देशक गरेर चलचित्र ‘साङ्लो’ तयार गरेका छन् । यस चलचित्रको मुख्य भूमिकामा विराज आफैँ फिचर भएका छन् । केही वर्ष नेपाली चलचित्रबाट बसाई सरेर भोजपूरी चलचित्रमा पुगेका विराज पुनः यस चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् ।

चलचित्रको गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । जसलाई दर्शकले राम्रो प्रतिकृया दिइरहेका छन् । ट्रेलरमा विराजको एक्सन दृष्यहरुलाई विशेष जोड दिइएको छ । जुन कुरालाई दर्शकले निकै रुचाएका छन् । धेरै दर्शकले बाघ पुनस् जंगल फर्किएको प्रतिकृया दिइरहेका छन् ।

अभिनेता, निर्माता तथा निर्देशक विराज यस चलचित्रबाट दर्शकको अपेक्षा पूरा हुने बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भनेका छन्, ‘दर्शकले मबाट जुन कुराको अपेक्षा गरेर कुरिरहनु भएको छ त्यो पूरा हुनेछ । हामीले दर्शककै सन्तुष्टीको लागि धेरै मेहनत गरेका छौँ ।’

साङ्लो एक्सनप्रधान मात्र नभएको विराज बताउँछन् । उनले भने, ‘एक्सन चलचित्र भनेर एक्सन मात्र छैन् । चलचित्रमा हसाउने, रुवाउने कुराहरु पनि छन् । समग्रमा यो चलचित्रको विषयबस्तु नै राम्रो पाउनु हुनेछ ।’

विराजका अनुसार चलचित्रमा ग्रामिण भेगको समस्याहरुलाई पनि देखाइएको छ । ‘हाम्रो देशका ग्रामीण भेगहरु कति सुन्दर छन् । तर, त्यहाँ स्वस्थ्य, शिक्षा, यातायात जस्ता कुराहरुको समस्या छ । त्यसलाई पनि हामीले चलचित्रमा देखाएका छौँ । चलचित्रको कथा नै गाउँबाट सुरु हुन्छ ।’

माघ २४ गते रिलिज हुने यस चलचित्रबाट मिस नेपाल निकिता चण्डकले पनि चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन् । निकिता र विराज यस चलचित्रमा जोडी बनेका छन् ।