काठमाडौं — मेघास्टार लोकप्रिय गायक राजेशपायल राईको ‘हुरुक्कै भए म’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुपरस्टार नायक दयाहाङ राई अहिले सम्मकै फरक अभिनय बोल्न र सुन्न नसक्ने (आवाज बिहिनहरुको आवाज)को अवतारमा भिडियोमा देखा परेका छन् ।किरण चाम्लिङ राईको निर्देशन रहेको उक्त भिडियोमा एलिसा राइले दमदार प्रस्तुती दिएकी छिन् ।
गायक राजेश पायल राईकै आवाज रहेको उक्त गीत राजन मुकारुङले लेखेका हुन् । दिनेश बान्तवा (काजी)को सँगीत रहेको गीतको भिडियोलाई भुपेन लिम्बुले खिचेका हुन् भने राजु कार्कीले एरेन्ज गरेका हुन् । शनिबार राजधानीमा एक समरोहबीच सार्वजनिक गरिएको उक्त भिडियोमा एलिशा राईसँग दयाले आफ्नो ईशाराकै सहायतामा प्रेम गरेका छन् । विशेष प्रणय दिवसको अवसर पारेर सार्वजकि गरिएको उक्त भिडियोमा दयाहाङ र एलिशा राईलाई पर्दामा उर्तान निर्देशकले निकै मेहनत गरेका छन् ।
दया र एलिशाको यो केमेस्ट्रिलाई भिडियोमा हेर्नूहोस् [ … ]