Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

अष्ट्रेलिया शाखाद्वारा आयोजित अष्ट्रेलियाको सिड्नी उपशाखा गठन साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना

अष्ट्रेलिया शाखाद्वारा आयोजित अष्ट्रेलियाको सिड्नी उपशाखा गठन साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया शाखाले सिड्नी शहरमा यहि फेब्रुअरि ७ शुक्रबारका दिन विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

गरिएको रा. लो. दो. प्र. नेपाल, अष्ट्रेलिया शाखाका द्दितिय उपाध्यक्ष एवम् सिड्नि (NSW) सुमन पोखरेलले जानकारी दिए । उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय सदस्य एवं लोक गायिका सुनिता दुलालको प्रमुख आतिथ्य रहनुका साथै अर्का गायक अर्जुन सुनामको पनि उपस्थित रहने उनले बताए ।

कार्यक्रम आगामी माघ २४ गतेका दिन सिड्नीमा हुने भएको हो । प्रमुख अतिथि गायिका दुलाल र गायक सुनामका साथमा प्रतिष्ठान अष्ट्रेलिया शाखाका अन्य कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने बताइएको छ।