Shares
Shares
नेपाली लोक दोहोरी क्षेत्रमा बिगत लामो समय देखि निरन्तर योगदान दिदै आएका प्रतिभासाली गायक मोहन खड्का धेरै पछि मिडियामा देखिएका छन।उनि आफ्नो नया गीत आउदै गर्दा मिडियामा आएका हुन्।उनि आफ्नो सांगीतिक यात्रामा निरन्तर लाग्दै आएका छन।उनि बिष्णु माझी संग धेरै गीत गाउने गायक मा पनि पर्छन।
खड्का ले बिष्णु माझी मिडियामा नआउनु को बिशेष खुलासा समेत गरेका छन।बिष्णु माझी मिडियामा न आएपछि सबैको चासो छ।बिष्णु माझीको छिमेकी समेत रहेका खड्काले बिष्णु माझीको बिषयलाई लिएर केहि खुलासा गरेका हुन् उनि संग केहि बिशेष कुराकानी संगै उनको सांगीतिक यात्राको बारेमा पनि केहि खुलासा गरेका छौ हेरौ यो बिशेष कुराकानी :
यो पनि पढ्नुहोस
लोकप्रियताको उकालो चढिरहेको रियालिटी शो कमेडी च्याम्पियनका उपाधि दावेदारका रुपमा हेरिएका मध्ये एक हुन् हिमेश पन्त । तर, दुई हप्ता अगाडिको एउटा प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा उनी विवादमा तानिएका छन् ।
गत माघ १३ गते प्रशारित १६ औं एपिसोडमा हिमेशले ‘अन्धविश्वासी वैज्ञानिक’को रुपमा प्रस्तुति दिएका थिए । उक्त स्ट्यान्डअप कमेडीमा उनले बोलेको एउटा डाइलगले सीता माताको अपमान गरेको भनेर आपत्ति जनाइएको हो ।
हिमेशले वैज्ञानिकहरुले पनि धर्ममा विश्वास राख्ने कुरालाई लिएर यसरी व्यंग्य गरेका थिए ।
‘म खत्रै वैज्ञानिक हुँ, पढेको पढ्यै गर्छु । अघि भर्खर ४ अध्याय स्वस्थानी पढेर आएको हुँ । स्वस्थानीमा लेखेको रहेछ भगवान गणेश मुसामाथि चढे । एक त मोटो गणेश त्यसमाथि हात्तीको टाउको छ । मुसामाथि किन अत्याचार गर्ने ? मेरो बाउ शिव भएको भए म भन्दिन्थेँ, बुवा म पनि अब साँढे चढ्छु । मुसामाथि चढ्ने होइन नि यार । बरु बिरालोमाथि चढ्दा हुन्छ । जैले बाटो काटेको काट्यै गर्छ ।’
तर, विवाद आएको संवाद चाहिँ यो हो :
‘भगवान राम साइन्टिस्टको पनि बाउ हो के । सीतालाई आगोमा हालेर जूठो कि चोखो पत्ता लगाइदे । तर, किन यत्रो तमासा ? टन्न रक्सी खुवाइदिएको भए साँचो बोलिहाल्थिन् नि । ’
फेसबुक ग्रुपहरुमा हिमेशको यो संवादलाई लिएर निकै टिका–टिप्पणी भइरहेका छन् ।
धेरैले चाहिँ हिमेशले हिन्दू धर्मकी एक देवीको अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । केहीले यसलाई सामान्य व्यंग्यका रुपमा लिनुपर्ने भन्दै उनको बचाउ पनि गरेका छन् । अनि, त्योभन्दा अगाडिको एपीसोडमा ‘भिटेन’ अवतारमा प्रस्तुत हुँदा हिमेशले घाँटीमा झुण्ड्याएको क्रसजस्तो मालाबारे पनि प्रश्न उठाइयो ।
कमेडी च्याम्पियन अहिले टप ६ मा पुगेको छ । दर्शकले दिएको भोटका आधारमा नै विजेता छनोट हुने यसको पनि फम्र्याट हो । यस्तोमा प्रतियोगीहरुको साना–साना गल्ति पनि कहिलेकाहीँ उनीहरुका लागि महंगो पर्न जान्छ ।
यही महसुस गरेर हिमेशले विवादित विषयमा फेसबुकमा प्रष्टिकरण लेखेका छन् । उनले आफू जन्मैदेखि हिन्दू भएको भन्दै धार्मिक वैज्ञानिकको भूमिका निर्वाह गर्ने क्रममा ‘हल्का कमेडी’ गरेको बताएका छन् । तर, उनले केही प्रश्न पनि उब्जाएका छन् ।
‘मैले त धर्मको नाममा हल्का कमेडी गरेँ होला, माफी चाहन्छु तर ती मान्छेहरुको के जस्ले धर्मको नाममा विजनेस गर्दैछन् ?’ उनले भनेका छन् । साथै मन्दिरमा गएर ढुंगामाथि दुध चढाउनेहरुलाई मन्दिर बाहिर गरिब, असहायले पानी पिउन पाउँदैनन् ।
‘सीतालाई रक्सी पिलाउने’ संवादको विषयमा उनले भनेका छन्, ‘त्यो मेरो कलब्याक लाइन थियो, मतलब कमेडीमा कलब्याक भनिन्छ । कमेडी गर्नुअगाडि मैले धर्मको अध्ययन गरेकै हो । मलाई जज गर्नु अगाडि तपाईं पनि कमेडीको अध्ययन गर्नुस ।’
तर, हिमेशको यस्तो प्रष्टिकरणले आलोचकहरु थप भड्किएको देखिन्छ । उनले आफ्नो कमजोरी स्वीकार गर्नुभन्दा पनि अझै घमण्ड देखाएको उनीहरुको टिप्पणी छ ।
भर्खर कमेडीमा चिनिन खोजिरहेको युवा कलाकारलाई यस्ताखाले विवादले फाइदा गर्नेछैन । कमेडी च्याम्पियनमा अगाडि बढ्न जनताको भोट नै आवश्यक हुने भएकलो उनले सतर्कता अपनाउनुपर्ने देखिन्छ । हिमेश साइन्सका विद्यार्थी हुन् ।
त्यसो त धार्मिक विषयहरुलाई व्यंग्यको विषयवस्तु बनाउने चलन नयाँ होइन । प्रख्यात व्यंग्यकवी शैलेन्द्र सिम्खडाले भगवानहरुमाथि थुप्रै जोक बनाएका छन् । अहिलेसम्म त्यसमा कुनै विवाद उब्जेको छैन, किनकी भगवानलाई हास्यव्यंग्यको विषय बनाउँदा उनले आफूलाई एउटा सीमाभित्र कसिलोगरी बाँधेका छन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209