Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

दर्शकले सबै भन्दा धेरै कुरेको चलचित्र प्रेम गीत ३ ले युटुबमा तोड्यो अहिलेसम्मकै रेकर्ड,ट्रेनिङ ३मा प्रबेस

दर्शकले सबै भन्दा धेरै कुरेको चलचित्र प्रेम गीत ३ ले युटुबमा तोड्यो अहिलेसम्मकै रेकर्ड,ट्रेनिङ ३मा प्रबेस

दर्शकले बर्षभरी प्रतीक्षा गरिरहेको हाल सम्मकै सबै भन्दा महँगो चलचित्र प्रेम गीत ३ को पहिलो गीतले २४ घण्टामै अहिले सम्मकै रेकर्ड तोडेको छ।चलचित्रको पहिलो गीतलेनै आक्रामक भियोर्स पाए संगै चलचित्रका निर्माता सन्तोष सेन निकै उत्साहित देखिन्छन।‘प्रेमगीत ३’ को पहिलो गित ‘हात्ती ढुंगामा’ रिलिज हिजोमात्रै बजारमा पठाईएको थियो।नया च्यानल मार्फत उक्त गीत बाहिर फ्याक्दै गर्दा सन्तोष सेनले भने रिक्सनै मोलेको थिए।यस अगाडी पनि केहि चलचित्रको गीतहरुले रेकर्ड राखेकै छ।

कुमार बेनले आफ्नो फेसबुकमा लेख्छन "प्रेमगित ३ को हात्ती ढुंगामा २४ घण्टा मा ८ लाख भियोर्स यो भन्दा पहिले सत्रुगते , छक्कापन्जा २ र् ३ को दुई गीत , ए मेरो हजुर ३ को गीत मात्र यो भन्दा बदी भ्यु पाएको थियो।

स्मरण रहोस माथि को गीत हरु ठुलो र स्थापित च्यानलमा रहेको थियो भने हात्ती ढुंगामा मा नयाँ च्यानलमा राखिएको थियो।जब कुनै कन्टेण्टले दर्सक लाई प्रतिक्षा गराउन सक्छ त्यो जुन सुकै ठाउँ मा आए पनि हेर्छ भन्ने उदाहरण हो यो।"

मनाङमा छायांकन गरिएको गितको भिडियोले फरक स्वाद पस्केको छ । नायक प्रदीप खड्का र नवनायिका क्रिष्टिना गुरुङ फिचर्ड गितको भिडियोमा दुवैजनाको लुक्स र प्रस्तुतीले जो कोहीको मन सजिलै जित्छ । प्रदीप र क्रिष्टिनाको जोडी पनि गज्जबको देखीएको छ ।

सुरुदेखी प्रतिक्षित बनिरहेको फिल्म ‘प्रेमगीत ३’ को ‘हात्ती ढुंगामा’ गित रिलिज भएसंगै फिल्म झन प्रतिक्षित र कोतुहलपुर्ण बनेको छ । महँगो बजेट र ठुलो क्यानभासमा सन्तोष सेनले निर्माण गरेको फिल्मको अधिकांश दृष्य मनाङमै छायांकन गरिएको हो । मनाङअघि किर्तिपुरमा अहिलेसम्मकै ठुलो सेट निर्माण गरेर फिल्मको छायांकन गरिएको थियो ।

कल्याण सिंहको संगीतमा तयार गीतमा मेलिना राई र सागर आलेले स्वर दिएका छन् । हर्क बहादुर साउदको शब्द रचना रहेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको सिनेमाले २ सय वर्ष पुरानो लभस्टोरी पर्दामा उतारेको छ ।फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

फिल्ममा प्रदीप र क्रिष्टिनाको अलवा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत,प्रेम पुरी,लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतले अभिनय गरेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् । सामाजिक अभियन्ता चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको छ । यो फिल्मको बक्सअफिसमा तहल्का मच्चाउने विश्वास गरिएको छ ।

हेर्नुहोस ‘प्रेमगीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ :