Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

रचनाकार राजु बाबु श्रेष्ठको शब्दमा जुनु गौतमको "बिहानी ..." सार्वजनिक

रचनाकार राजु बाबु श्रेष्ठको शब्दमा जुनु गौतमको "बिहानी ..." सार्वजनिक

गीतकार राजु बाबु श्रेष्ठको गीतमा गायिका जुनु गौतमको आवाजमा "बिहानी .." बोलको गीत सार्वजनिक भएको छ . "अजम्बरी" एल्बममा समाबेस रहेको यस गीतलाई संगीतकार अनिश श्रेष्ठले संगीत भरेका छन ।त्यस्तै यस गीतको भिडियोलाई नेपाली चलचित्र नगरीको सफल कोरियोग्राफर तथा निर्त्य निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गरेका छन ।

करिब आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका लिड मोडलहरू चन्द्र पुलामी र मनिता खुलाल लाई फिचर्ड गरिएको यस गीतलाई फरक तरिकाले निर्देशक श्रेष्ठले तयार गरेका छन । गीतकार राजु बाबु श्रेष्ठको गीतहरुले नेपाली सांगीतिक आकाशमा सफलाता पाएका धेरै यस्ता गीतहरु छन र यो गीत पनि त्यहि सफलताको आकाशमा पुग्नेमा ढुक्क रहेको बताए संगीतकार अनिश श्रेष्ठले ।

करिब दुई दर्जन भन्दा बढी गीत गाइसक्नु भएको गायिका जुनु गौतमको यस गीतमा फरक गायकी पन सुन्न सकिने छ। यो गीत मैले अलिकति फरक तरिकामा गएको छु आशा छ गीतले दर्शक श्रोताको मनमा बास पक्कै पनि पाउने छ उनले भनिन ।गीतको भिडियो लाई युश ढकालले खिचेकाछन भने सम्पादन जितेन्द्र राजोपाध्याको रहेको छ। गीत बुधबार मात्र ओ एस आर डिजिटलको युटुब बाट सार्वजनिक गरिएको छ ।