Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

नेपालि छोराले गर्ने भए इन्डियन छोरीसंग बिहे

नेपालि छोराले गर्ने भए इन्डियन छोरीसंग बिहे

इन्डियन आइडल सिजन ११ मा निकै समयदेखि आदित्यनारायण र नेहा कक्कडको जोडीको चर्चा भइरहेको छ। अब यी जोडीले विवाह गर्ने कुरा पक्का भएको छ। सोनीले यी दुई रोमान्स गरिरहेको एक भिडियो सेयर गरेको छ। जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नृत्य गरेका छन्। भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी - मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन्।’

इन्डियन आइडलको मञ्चमा आदित्य र नेहाको परिवार पनि पाहुनाको रूपमा उपस्थित भइसकेका छन्। दुबैको परिवार पनि विवाहको लागि मञ्जुरी भएको छ। उदितनारायणले त निकैअघि यसमा सहमति दिइसकेका छन्।

उदितनारायणका साथै उनकी श्रीमती दीपानारायण पनि नेहालाई आफ्नो घरको बुहारी बनाउन आतुर छन्। इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेसल एपिसोडमा यी दुईले सात फेरो पनि लिने सोनी टीभीले जनाएको छ।

यसबाहेक नेहा कक्कड र आदित्यनारायणले पनि सोसल मिडियामा यसबारे जानकारी साझा गरेका छन्। नेहाले पनि इन्स्टाग्राममा एउटा फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘फेब्रुअरी १४’।