Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

पन्चकोट युवा समाजले गर्न लगेको प्रथम महाशिवरात्री मेलामा गायक कुलेन्द्र विक देखि गायिका भुमिका गिरीले प्रस्तुती दिदै

पन्चकोट युवा समाजले गर्न लगेको प्रथम महाशिवरात्री मेलामा गायक कुलेन्द्र विक देखि गायिका भुमिका गिरीले प्रस्तुती दिदै

काठमाडौं समाज विकास र सम्वृद्धिमा युवाहरुको भुमिका भन्ने नारा सहित विभिन्न कार्यक्रमको आयोजना गर्न लायको पञ्चकोट युवा समाज बानपा ६ सिमले जनायको छ। प्रथम महाशिवरात्री मेला फाल्गुन ८-१० सम्म विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रमका लागि तिब्र रुपमा चौर ब्यवस्थापन अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष खिम बहादुर के सि ले जानकारी दिनु भयो। कार्यक्रम भलिवल रस्साकस्सी , म्युजिकल चियर, हाजिरी जवाफ, लगायत अन्य विविध कार्यक्रम आयोजना गरियको पन्चकोट युवा समाजका सचिव नारायण कार्किले जानकारी दिनु भयो।कार्यक्रम भब्य र सभ्य रुपमा सन्चालन गर्न आर्थिक ब्यवस्थापन पनि तिब्र रुपमा अगाडि बढायको समाजका कोषाध्यक्ष हरि कार्किले जनाउनु भयो। सास्कृतिक कार्यक्रमका लागि चर्चित रास्ट्रीय लोक तथा दोहोरी गायक कुलेन्द्र विक र रास्ट्रीय लोकदोहोरी गायिका भुमिका गिरीको प्रस्तुती संगै कार्यक्रम प्रस्तोता सज्जन सिंहको रहने भएको छ र साथै चर्चित गायक गणेश पौडेल रवि कार्की र स्थानिय कलाकार दिपेन थापा, बाल कलाकार श्रद्दा के सि लगायत अन्यको प्रस्तुती रहने सास्कृतिक कार्यक्रम संयोजक हरिराज शर्माले बताउनु भयो।

पर्यटन बर्ष २०२० लाइ लक्षित गरि फागुन ८ देखि १० गते सम्म आयोजना गर्न लागेको महाशिवरात्री मेलाको दोस्रो दिन फागुन ९ गते बहुर्चित गायक कुलेन्द्र विक, गायिका भुमिका गिरि र कार्यक्रम प्रस्तोता तथा गायक सज्जन सिंह सहित अन्य कलाकारको प्रस्तुती रहने

त्यस्तै मेलाको अन्तिम दिन १० गते चर्चित गायक गणेश पौडेल,रवि कार्किको प्रस्तुती रहने छ । भने पहिलो दिन कलाकार दिपेन थापा हरिराज शर्मा र बाल कलाकार श्रद्धा क्षेत्रीको लगायतको प्रस्तुती रहने छ ।

मेलामा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा टोल स्तरीय पुरष तथा महिला रस्साकस्सी लगायत , घैटोफोर,म्युजिक चियर लगायत आकर्षक प्रतियोगिताहरु रहेका छन् । कार्यक्रम भगवती भगवाती प्राविको मैदानमा हुने छ!

प्रथम पटक आयोजना गर्न लागिएको मेलालाइ भव्य रुपमा सम्पन्न गर्नका लागि व्यापक तयारी भएको मेला सँयोजक विमल खत्रीले बताए ।