Shares
Shares
प्रणय दिवसको यस्तो छ ईतिहास ? प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९मा रोमबाट सुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए। सम्राट्को आदेशको उल्लङ्घन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएका थिए। आदेश तोडेको आरोपमा उनलाई इपू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो। विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ। नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिङ्गीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण गरिँदैन ।
खासमा तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे ।
जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो । आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म म*रेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’
राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँ*सी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले भ्यालेनटाइन डे मनाउन सुरु गरे । सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेनटाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी(प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेमा नै भनिएको छ ।
हप्ताभरिनै यसरि मनाइन्छ प्रेम दिवस : पहिला पहिला फेब्रुअरी १४ अर्थात एकदिनलाई भ्यालेनटाइन डे भनिन्थ्यो । अहिले साताव्यापी रुपमा यो पर्व मनाइन्छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ । गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा आखिरमा भ्यालेनटाइन डे मनाउने । यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवं रितले मनाउने गरिन्छ ।
भ्यालेनटाइन गिफ्टको एकदमै महत्व छ । गिफ्ट भन्नसाथ बजारमा खरिद गरेका महंगा बस्तु भन्ने छैन । गिफ्ट त्यस्तो हो, जसले आफ्नो प्रेम भावना अभिव्यक्त गर्न सकियोस् । गिफ्ट त्यस्तो होस्, जसमा आफ्नो प्रेम समर्पण गर्न सकियोस् । यस अवसरमा आफुले मन पराएको केटा वा केटी साथीलाई प्रपोज गर्ने गरिन्छ । हुन त अहिले गुलाब, कार्डसँगै विभिन्न किसिमका गिफ्ट आइटम बजारमा उपलब्ध छन् । त्यसमध्ये पनि यस्तो गिफ्ट उपयुक्त हुन्छ, जो अर्थपूर्ण होस् । कलात्मक होस् । तपाईले गर्ने माया सदाबहार होस् ।
मानिसहरूलाई घुम्न तथा रमाउन बहाना चाहिएको छ । प्रणय दिवस पनि त्यस्तै बहानामध्ये एक हो । यो दिन प्रेममा रहेका युवायुवती तथा विवाहित जोडी घुमघाममा हुन्छन् । यस्ता जोडी समय भए लामै यात्रामा समेत निस्कन्छन् । समय अभाव भएका व्यस्त जोडीले समेत यो दिन केही समय एक–अर्काका लागि छुट्याउँछन् । प्रेमी जोडी तथा विवाहित जोडीहरू घुमघाममा निस्कन थालेका छन् । यस्ता जोडिले विभिन्न उपहार आदान–प्रदान गर्दै यो दिनलाई स्मरणीय बनाउँदै आगामी यात्रा सुमधुर बनाउने प्रयास गर्छन् । प्रणय दिवसका लागि उपहार किन्न पाइने पसलहरूमा समेत विवाहितहरूको संख्या बढ्न थालेको छ । कलेज तथा स्कुल अध्ययनरत केही विद्यार्थीले मात्र रमाइलोका लागि यो दिनलाई प्रेम अभिव्यक्त गर्न प्रयोग गर्ने गरेका छन् ।
यस्तो छ प्रणय दिवसको इतिहास : फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् भ्यालेन्टाइन्स डे । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरू भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । हुन त केही नेपालीहरू हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस भएको र त्यो कृष्ण अष्टमी भएको तर्कमा जोड दिन्छन् । त्यसैले अर्काको संस्कृति अनुसार प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाउन नहुने तर्क राख्छन् । तर पनि भ्यालेन्टाइनले नेपाली समाजमा पनि जरो गाड्दै छ । १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरू लिने दिने र जीवनसाथी नै रोज्ने पनि गरिन्छ ।
यदि तपाईँले पनि कसैलाई प्रेम गर्नुभएको छ । तर आफ्नो मनको कुरा उनलाई भन्न सक्नुभएको छैन भने फेब्रुअरी १४ तपाईँको लागि उचित समय हुन सक्छ । किनकि यो दिनलाई प्रेम गर्नेहरुले विशेष दिनको रूपमा हेर्छन् । र यो दिनमा आएका प्रस्तावहरूलाई पनि प्रेम गर्नेहरुले सकारात्मक रूपमा नै लिन्छन् त्यसैले फेब्रुअरी १४को सुनौलो अवसर नगुमाउनुहोस ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209