काठमाडौं – खुल्ला समाज, पति पत्नी दुबैको रोजगारीको अवस्था तथा आबद्धता जस्ता विषयहरु पारिवारिक खटपटका लागि जिम्मेवार मानिन्छन । तर यस्तो चुनौतिपूर्ण अवस्थामा पनि श्रीमान श्रीमतीमा आपसी विश्वास भयो भने वैवाहिक सम्बन्ध दीगो रहन्छ । प्रेम र दाम्पत्य जीवनलाई सुमधुर बनाइराख्नु निकै चुनौतिपूर्ण छ। अझ एउटा समाजमा बसेपछि सामाजिक जीवन, पारिवारीक जीवन र पेशागत जीवनलाई सन्तुलित राख्न सकिएन भने त दाम्पत्य जीवन नै संकटमा पर्दछ ।
माफी माग्नुः विवाह तथा प्रेमको मामिलामा प्रायः मानिसहरु रिस तथा इगोमा परेर कतिपय अप्रीय निर्णयहरु गर्दछन् । जसले आपसी सम्बन्धलाई तिक्ततामा परिणत गरिदिन्छ । यसर्थ सदैव आफ्नो गल्तीलाई स्विकार्ने बानी बसाल्नु हितकर हुन्छ । झगडा हुँदा शान्त हुने उपाय अपनाउनुपर्छ। माफ गर्नुस् तथा धन्यवाद भन्ने जस्तो शव्दहरु झगडा हुँदा प्रयोग गर्न सबैलाई गाह्रो हुन्छ। तर आफुले गल्ती गरेको बेला माफी माग्न नहिच्किचाउनुहोस् ।
समयको महत्व बुझ्नोसः कुनैपनि नाता सम्बन्धलाई जीवनभर सम्हाल्नका लागि त्यसमा समय त खर्च गर्नैपर्ने हुन्छ । त्यसैले आफ्नो पार्टनरका लागि उचीत मौकामा पर्याप्त समय दिनुहोस् । गरेको बाचा पूरा गर्ने गर्नुहोस् । समयको सदैव ख्याल गर्नुहोस् । एक अर्काको ख्याल गर्नेः कुराकानीको क्रममा वादविवाद हुनु हरेक दम्पत्तिमा सामान्य कुरा हो। कतिपय अवस्थामा विचारमा टकराव पनि आउन सक्दछ, जसले सम्बन्धलाई नै टुटाइदिन सक्छ। त्यसैले विचार तथा अडानमा लचिलो बन्ने र एक अर्काको कुरा तथा भावनालाई बुझ्ने कोसिस गर्नुपर्छ।
यौन चाहाना पूरा गर्नेः अधिकतम विवाहीत जोडीहरुबीचको अन्तरंग सम्बन्धमै उत्पन्न हुने खराबीका कारण उनिहरुको सम्बन्धमा खाडल उत्पन्न हुने गर्दछ। त्यसैले दाम्पत्य सम्बन्धलाई दिगो बनाउनका लागि सुखमय यौन सम्बन्धलाई पनि मजबुत बनाउनुपर्छ। ५ विश्वासः हरेक समय आफ्नो पार्टनरमा शंका गर्नु ठीक हुँदैन, न त पार्टनरमा अन्धविश्वास गर्नु नै ठीक हो। एक अध्ययन अनुसार ७० प्रतिशत विवाहित पुरुषहरु परस्त्रीसँगको सम्बन्धमा हुन्छन् भने ५० प्रतिशत विवाहित महिलाहरु पनि परपुरुषसँगको सम्बन्धमा रहेका हुन्छन् । यसर्थ यौन इच्छा नकार्ने नगर्नु नै श्रेष्ठकर ठहर्छ ।