Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

प्रेम गीत ३ को ट्रेलर आउनु अगाडीनै ५० लाखमा बेचियो

प्रेम गीत ३ को ट्रेलर आउनु अगाडीनै ५० लाखमा बेचियो

काठमाडौं : चलचित्र ‘प्रेमगीत ३’ उत्तर अमेरिका, क्यानडा लगायत अफ्रिकी देशहरूका नेपाली दर्शकले पनि हेर्न पाउने भएका छन्। ती क्षेत्रमा यो चलचित्र प्रदर्शनका लागि ग्लोबल नेपाली अवार्डसँग सम्झौता गरिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए। सोमबार मात्र उक्त संस्थाका प्रमुख नवराज श्रेष्ठसँग ४९ लाख ९९ हजार ९ सय ९९ मा सम्झौता गरेको निर्माण पक्षले जानकारी दिएको हो। सम्झौतापछि बोल्दै निर्माता निर्देशक सेनले नेपाली चलचित्र बिस्तारै विश्वव्यापीकरण भइरहेको बताए।

'यो मेरा लागि मात्र खुशीको विषय होइन', उनले भने, 'यो खुशी नेपालो चलचित्रको लागि हो।' ‘आशुसेन फिल्मस्’को व्यानरमा बनेको प्रेमगीत-३ सेनको लगानी छ। प्रेमकथामा निर्माण भएको यो चलचित्रलाई निर्माता सेन र लेखक छेतन गुरुङले संयुक्त रूपमा निर्देशन गरेका छन्। ८० दिनमा सुटिङ सकिएको यो चलचित्रको पोस्ट प्रोडक्सनको काम चलिरहेको छ। चैत २८ प्रदर्शनमा आउने चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठलगायतको अभिनय छ।