अहिले जताततै सर्बाधिक चर्चामा रहेको बिषय नेहा र आदित्य को बैबाहिक सम्बन्ध नै हो । यो कुरा कतिसम्म सत्य हो कसैलाई थाहा छैन । तर यो कुराले भने निकै नै चर्चा बटुल्न सफल भएको छ । पछिल्लो समय इन्डियन आइडलको मञ्चबाट यी दुईको फेब्रुअरी १४ मा बिहे हुने हल्ला फैलिएको थियो। नेहा टेलिभिजन सोकी निर्णायक हुन् भने आदित्य कार्यक्रमका प्रस्तोता।
भारतीय मिडियाहरुले धेरै समाचार लेखिरहेका छन । यस्तै एउटा समाचारमा उदितलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, 'मेरो छोरा आदित्य प्रस्तोता रहेको कार्यक्रमको टीआरपी बढाउन नेहासँगको हल्ला चलाइएको जस्तो मलाई लाग्छ। हल्ला सही सावित भए म खुसी नै हुनेछु। आदित्य हाम्रो एउटै छोरो हो। उसले अहिलेसम्म हामीलाई केही भनेको छैन। बिहे नै गर्ने भए त भन्थ्यो होला ।'