Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

चलचित्र ‘मन्त्र’को टिजरलाइ दर्शकको उत्कृस्ट प्रतिक्रिया

चलचित्र ‘मन्त्र’को टिजरलाइ दर्शकको उत्कृस्ट प्रतिक्रिया

सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक भए संगै चलचित्रको हाइप बढ्दै गएको छ । गत शुक्रबार सार्बजनिक टिजरलाइ दर्शकले उत्कृस्ट प्रतिक्रिया दिएका छन् । सार्बजनिक टिजरले यो समाचार तयार पार्दा सम्म दुई लाख चौबिस हजार भन्दा बढी भ्युज पाएको छ हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको टिजरलाइ दश हजार भन्दा धेरैले लाइक गरेका छन् भने १४५ ले डिसलाइक गरेका छन् । टिजर सार्बजनिक गरे संगै चलचित्र टिम प्रचार प्रसारमा जुटेको छ। नेपाली चलचित्रको प्रचार प्रसार अब पुरानो शैलीमा मात्र गरेर नहुने नयाँ नयाँ तरिका पनि अपनाउनु पर्ने आबश्यकता महसुश गर्दै चलचित्र निर्माण टिम फरक फरक शैलीमा प्रचार गर्ने योजनाका साथ अघि बढी रहेका छन् ।

काठमाडौँको अति नै ब्यस्त ठाउं दरवारमार्गमा रहेको डिजिटल बोर्डमा चलचित्रको टिजर देखाउने कार्य गरिएको छ दैनिक हजारौं मानिसको आवत जावत हुने स्थानमा चलचित्रको टिजरको प्रचार गर्दा धेरै दर्शक माझ पुग्ने छ र धेरैले चलचित्रको बारेमा थाहा पाउने चलचित्रका निर्माता मनोज राजभण्डारीले बताए । सार्बजनिक टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल,बुद्दि तामांङ,दिया पुनलाई स्थान दिईएको छ । चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाईएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जितेको छ ।

खिल बहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग,बिर बहादुर लामाको पनि मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर सह निर्मातामा रबिराज कार्की सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ रहेका छन । साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्र नयाँ बर्ष २०७७ को अवसरमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ तर नयाँ बर्षको कुन दिन प्रदर्शनमा आउने भन्ने चाहिं गोप्य राखिएको छ ।