तीज नजिए सँगै तीजका गीतहरु धमाधम सार्वजनिक भइरहेका छन । यतिबेला तिजका गितहरुको माग बड्दो मात्रमा रहेको छ । हिन्दु नारी हरुको महान चाड हरितालिका तिज आउनुभन्दा एक महिना अगाडि देखि तिजका गितहरु बज्न सुरु हुने गर्दछन । धेरै चर्चित गायक गायिका हरुको आवाजमा रहेका गितहरु बजारमा सुन्न पाइन्छ।
दिब्याश्री म्युजिक प्रालिको प्रस्तुतिमा समाजमा भएको बास्तविक घटनाहरुको ऐना नयाँ तीज गित भर्खरै मात्र सार्बजनिक भयको छ । सुरेश रमण अधिकारी र सम्झना भन्डारीको सुमधुर आवाजमा उनै प्रतिभाशाली कलाकार सुरेश रमण अधिकारीको लय शब्दमा गायक तथा सर्जक सुरेश रमण अधिकारी को मार्मिक तिज गित ।
उक्त गितको निर्देशन भने चर्चित निर्देशक स्मृति तिमिल्सिना गुरुआमा ले गरेका छन भने सुरेश श्रेष्ठले छायांकन गरेका छन र प्रकाश धमलाको उत्कृष्ट सम्पादन रहेको छ । आशिर प्रताप , सानी परियार , रुरु सागर सेन्चुरी र पुरुसोतम गैरे को दमदार अभिनय रहेको छ र उक्त गितलाई सुरेश रमण अधिकारी कै युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ ।