नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित लोकदोहोरी गायिका बिमा कुमारी दुरा,गरिमा हुमागाईं,पार्वती कार्की,सरोज लामिछाने,नवराज घोरासैनी,उद्दब कार्की लगाएतको आवाजमा तीज गीत'छोरी'बजारमा आएको छ।गीतमा चर्चित मोडल सारिका केसी संगै अन्य धेरै कलाकारको अभिनय देख्न सकिन्छ ।DAR फिल्म्सले बजारमा ल्याएको उक्त गीत निकै मौलिक बनेर बजारमा आएको हो।
गीतमा शब्द भने संचारकर्मी कमल सरगमको रहेको छ।थेगो संगै लय प्रभावन जेको रहेको छ।गीतको भिडियो निर्देशन भने प्रभावन जे सहितको टिमले गरेका हुन्।नबिन भट्टको सम्पादन रहेको भिडियोको छायांकन भने रोनिस तामाङले गरेका हुन्।भिडियो कस्तो लाग्यो?कृपया कमेन्ट गर्नुहोस :