Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

ऋण चुक्ता गर्नुको साटो रामकृष्ण ढकालले उल्टै राजनीतिक शक्तिको आडमा धम्क्याउने प्रयास गरेको सहकारीका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीको खुलासा

ऋण चुक्ता गर्नुको साटो रामकृष्ण ढकालले उल्टै राजनीतिक शक्तिको आडमा धम्क्याउने प्रयास गरेको सहकारीका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीको खुलासा

काठमाडौं । श्रीलालिगुराँस सहकारीका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीले सहकारीबाट ऋण लिएकाहरुले ऋण चुक्ता गर्नुको साटो उल्टै राजनीतिक शक्तिको आडमा धम्क्याउने काम गरेको खुलासा गरेका छन् । चर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह, शितल खत्री र केशब पुरीले उक्त सहकारीबाट ऋण लिएका थिए । तर, ऋण चुक्ता गर्न नसकेको भन्दै मिडियामा नै उक्त कुरा बाहिरिएको थियो ।

तर, यसमा सबैभन्दा बढि चर्चाको पात्र बने गायक ढकाल दम्पत्ति । उनीहरु पूनः शहकारीको झमेलामा फसेका छन । २०६६ सालमा घर किन्न लिएको ऋण नतिरेको भन्दै ललितपुरस्थित श्रीलालीगुराँस सहकारी संस्थाले पछिल्लो समय पत्रिकामा सुचना निकालेपछि यो विषय पूनः मिडियामा चर्चित बनेको छ ।

ढकाल दम्पत्तिमात्रै नभएर सहकारीबाट ऋण लिएका तत्कालिन रक्षामन्त्री शरदसिंह भण्डारीका सहयोगी केशब पुरीले राजनीतिक शक्तिको आडमा सहकारीलाई धम्क्याउने गरेको सहकारीले जनाएको छ । ढकालले भने २०६६ सालमा भैसेपाटीमा घर किन्न लिएको ऋण लिएका थिए । चार महिनाको लागि मात्रै भनेर लिईएको ऋण वर्षौसम्म नतिर्दा सहकारीले घर नै लिलामी गरेको थियो ।

तर, ऋणको सावा र ब्याज जाड्दा घर लिलाम गर्दापनि ऋण पूर्ण रुपमा चुक्ता नभएको सहकारीले दाबी गर्दै आएको छ । सहकारीको सूचनामा ढकालले चुक्ता गर्न बाँकी रकम २ करोड ३० लाख ९७ हजार ७६१ उल्लेख गरेको छ । यस्तै ढकालपत्नी शाहले २ करोड ६२ लाख २४ हजार ८९ उल्लेख छ । सुचना जारी भएपछी गायक ढकालले भने सहकारीले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका छन ।

ढकालकी श्रीमती निलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । उक्त ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो । लिलामी पछी बाकी रहेको रकमको ब्याज बढ्दै अहिले ढकाल

दम्पतिको नाममा करिब पांच करोड ऋण हुन आएको सहकारीका कार्यकारी प्रमुख भण्डारीले रिपोर्टर्स नेपाल डटकमलाई बताए ।उता शितल खत्रीले सहकारीलाई दश करोड तिर्न बाँकी रहेको पनि भण्डारीले जनाए । केशव पुरीले एक करोड ५० लाख तिर्न बाँकी छ । अहिले उनीहरु उल्टै लालिगुराँस सहकारीको बदनाम गराउन लागिपरेको पनि भण्डारीले दाबी गरे ।

भण्डारीले गायक ढकाल दम्पत्तिको सवालमा आफूहरुले व्याज नतिरेपछि घर लिलाम गरेको स्पष्ट पारे । तर, उक्त लिलामीले पनि ऋण चुक्ता नभएको उनको भनाई छ । भण्डारीले भने, अहिले ऋण तिर्नुको साटो उल्टै पावर सेन्टरमा उहाँहरु धाईरहनुभएको छ । हामीले उहाँहरुको बदनामी गर्न खोजेको होईन, यसमा लालिगुराँको कमिकमजोरी देखिँदैन् ।

ढकाल दम्पत्तिले ऋण लिएको अहिले ११ वर्ष भयो । अहिले उठाउन बाँकी रहेको ऋणको सवालमा आफूहरुले ढकाल दम्पत्तिको नाममा रहेको अचल सम्पत्तिको खोजी गरिरहेको पनि भण्डारीले जनाए । उनले भने, अहिले हाम्रो तर्फबाट उहाँहरुको सम्प्त्ति, खासगरी अचल सम्पत्ति खोजि भैरहेको छ । तर, उहाँहरु शक्तिकेन्द्र धाउने र फोन गर्न लगाएर उल्टै हामीलाई धम्क्याउने काम गरिरहनुभएको छ ।