Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

गायिका शितल शर्माको ‘चौतारी’ सार्वजनिक

गायिका शितल शर्माको ‘चौतारी’ सार्वजनिक

सधैँजसो तीजका गितमा सासु र बुहारिको झगडालाई आधार बनाएर गितहरु प्रकाशन हुन्थे तर यसपटक एउटा फरक खालको गीत सार्वजनिक भएको छ । साउने सक्रान्तिको अवसर पारेर प्रकाशन गरिएको यस गीत गतवर्ष ‘महारानी’ नामक गितलाई बजारमा ल्याएर चर्चामा आएकी गायिका तथा सन्चारकर्मी शितल शर्माको हो ।

हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज अब नजिकिदै आइरहेको छ । नेपाली गीतसंगीतमा सकृय कलाकारहरुले तिज पर्व लाई लक्षित गरि तयार गरेका विभिन्न तिज गीतहरू सार्बजनिक हुने क्रममा भर्खरै मात्रै संचारकर्मी तथा उद्घोषक गायिका शितल शर्मा को तिजगीत ‘चौतारी’ शितल शर्मा युटुब च्यानल मार्फत सार्बजनिक भएको छ । बैकुण्ठ महतको शब्द रचना लाई खुमन अधिकारीले भाका भनाएको यस गीतमा स्वर शितल शर्माको छ भने गीतको म्युजिक भिडियोमा चर्चित हास्य कलाकार निरु खड्का ( ठ्यासकुमारि) को उत्कृष्ट नृत्य साथै शितल शर्मा स्वयं र किशोर निरौला को अभिनय देख्न पाइन्छ ।

गीतको म्युजिक भिडियो शंकर बिसि को निर्देशन ,मधुर बस्नेतको छायांकन र नवीन घर्ती मगरको सम्पादनमा तयार भएको हो । भीडीयो….