Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

छबी -शिल्पा विवाद ; बहुविवाहको कुनैपनि उजुरी दर्ता नभएको प्रहरी वृतकाको जानकारी

छबी -शिल्पा विवाद ; बहुविवाहको कुनैपनि उजुरी दर्ता नभएको प्रहरी वृतकाको जानकारी

काठमाडौं: फिल्मकर्मी छविराज ओझा र अभिनेत्री शिल्‍पा पोख्रेलबीच सम्बन्ध विच्छेदको खबरहरु सार्वजनिक भइरहँदा 'कहानीमा ट्वीस्ट' ल्याउने अर्को घटना घट्यो। छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पा दुवै विरुद्ध बहु विवाहको उजुरी हालेको खबर सार्वजनिक भयो। मिडियामा अनेक टिका टिप्पणी भए, छवि शिल्पाको विवाह मान्य नहुनेदेखि दुवैजना जेल जानेसम्म।

तर यथार्थमा उनको उजुरी दर्ता नै भएको छैन। महानगरीय प्रहरी वृत गौशलामा छविराज ओझाविरुद्ध बहुविवाहको कुनैपनि उजुरी दर्ता नभएको वृतका डिएसपी प्रदिपबहादुर सिंहले जानकारी दिए। डिएसपी विष्टले भने,‘उहाँहरु उजुरी लिएर आउनु भएको थियो। केही प्रकृया पुरा गर्न बाँकी नै रहेकाले दर्ता नभएको हो।‘

अनेकन हल्ला चलिरहँदा शिल्पा भने एक भोजपुरी फिल्मको छायांकनमा व्यस्त छिन्। यस्ता घटना र चर्चाहरुले काममा वाधा नपुगोस् भनेर छायांकनमा पठाएको उनकी भाउजु सम्झना रौनियारले बताइन्। भनिन्,'लेखाइएका समाचारहरुले कसैलाई मनोसामाजिक असर नगरोस्। त्यही भनेर उनलाई काममा पठाएका हौं।' शिल्पासँग सम्पर्कको प्रयासमा उनकी भाउजुले फोन उठाएकी हुन्।छविराज ओझा भने हाल फोन सम्पर्कमा छैनन्।