Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

प्रेम गीत ३को' हिरो फ्लिम नाखेल्दै 'डक्टर डेनिम'को ब्राण्ड एम्बेसडर बने

प्रेम गीत ३को' हिरो फ्लिम नाखेल्दै 'डक्टर डेनिम'को ब्राण्ड एम्बेसडर बने

एउटा पनि फिल्ममा अभिनय नगरेतापनि दर्शकसामु चर्चित छन्, मनिष राउत । बिशेष गरी उनको लुक्सबाट प्रभावित दर्शकले उनलाई यसै बर्ष 'प्रेम गीत ३'मा हेर्न पाउनेछन् । जब उनि उक्त फिल्मको लागि छानिए तब देखी नै उनको हलसम्मको प्रतिक्षा दर्शकले गर्न थालिसकेका छन् ।

उनिमाथी दर्शकको मात्र होईन सञ्चारमाध्यमको पनि उत्तिकै ध्यान केन्द्रित देखिन्छ । मनिषको फोटोहरु, 'प्रेम गीत ३'को क्यारेक्टर इन्ट्रो पोस्टर, तथा 'प्रेम गीत ३' सम्बन्धित केहि भिडियोहरु हेरेर नै उनिमाथी लगानी गर्ने ब्रान्ड पनि आईसकेका छन् । यसैबीच मनिषलाई ब्रान्ड एम्बेसडर बनाउँदै एक क्लोथिङ्ग ब्राण्ड आउने तयारीमा रहेको छ । 'डक्टर डेनिम' (DR.DENIM) नामक उक्त ब्राण्डले भदौ महिनामा देखी बिक्रि शुरु गर्ने उक्त ब्राण्डका सुमन गौतमले बताए । 'हामीले 'प्रेम गीत ३' सम्बन्धित विभिन्न सामग्रीहरु हेरेपश्चात उहाँलाई ब्राण्ड एम्बेसडरको रुपमा लिएका हौँ । अहिले देखी नै उहाँको चर्चा र लुक्सबाट हामी एकदमै प्रभावित छौँ । अबको पाँच बर्षमा 'डक्टर डेनिम'(DR.DENIM) र मनिष राउत सँगै यो देशका स्टार बन्नेछन्', गौतमले बताए ।

पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्रि गर्ने 'डक्टर डेनिम' (DR.DENIM) नामक ब्राण्डले महंगो रकममा मनिषलाई एम्बेसडर बनाएको छ । नेपाल तथा अन्य केहि मुलुकमा एकसाथ आउने लागेको 'डक्टर डेनिम'सँग पाँच बर्षको लागि उनि आवद्द भएका हुन् । 'म आँफै अचम्ममा परेको छु कि मैले कुनै पनि चलचित्रमा अभिनय नगर्दै मेरो डिमाण्ड भईसकेछ । चलचित्र रिलीज भएपछि के हुन्छ थाहा छैन तर यसबाट मैले धेरै मेहनत गर्नुपर्ने जिम्मेवारी थपिएको छ', मनिषले भने । 'डक्टर डेनिम' (DR.DENIM) लाई नेपालको नम्बर एक जेन्ट्स् क्लोथिङ्ग ब्राण्डको रुपमा अगाडी लैजान आफुले भरपुर मेहनत गर्ने मनिषले बताए ।