गायिका रमिला न्यौपाने र खुमन अधिकारीको यसबर्षको तीज गीत सार्वजनिक भएको छ ।यसअघिका बर्षमा ‘आजत भेट्न आउदिन है कालू’ ‘मेरो त मायाले काठमाडौंमा ट्याक्सी चलाउने’ ‘पंखा चलाइदेउ’ लगायत चर्चित तीज गीतहरुको सफलतासंगै रमिलाको यस बर्षको तीज गीत ‘पशुपतिमा’ बोलको गीत सार्वजनिक भएको हो ।
लोकप्रिय गायक खुमन अधिकारी र गायिका न्यौपानेको आवाज रहेको गीतमा बन्दना पाण्डे, साया पाण्डे, राजेन्द्र बाजुरालीले कोरस स्वरमा साथ दिएका छन् । बाबुराम बोहराको शब्दमा खुमनको संगीत रहेको छ । प्रकाश भट्टको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा नायिका सुरक्षा पन्त र खुमन अधिकारीले अभिनय गरेका छन् ।