Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै वितरण गर्ने तयारी

मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै वितरण गर्ने तयारी

काठमाडौँ । बर्खामा बाँध बन्द गरेर रोकिएको मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै काठमाण्डौमा वितरण गर्ने तयारी भएको छ ।

दशैँलगत्तै पानी पठाउने भनिए पनि स्थानीय बासिन्दाका माग सम्बोधन गर्नेदेखि सडक मर्मतको काम नसकिएकाले मेलम्चीको पानी वितरणमा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

यसपालि बर्खामा बाढीले पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको बाँधबाटै पानी रोकेको थियो । मेलम्चीको बाँधतर्फ जाने १३ किलो मिटर सडक गएको वर्षदेखि नै बिग्रिएको थियो । मेलम्ची पुल बजारदेखि अम्बाथानसम्म भत्किएको सडकको केही भाग पालिकाले मर्मत गरे पनि हेलम्बुदेखि झण्डै चार किलो मिटर सडक अझै मर्मत हुन सकेको छैन ।