Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

लामो समय पछि प्रकाश कटुवाल र जमुना सनम एक साथ गाए ”आधा किलो सुन”हेरौ भाडियो सहित

लामो समय पछि प्रकाश कटुवाल र जमुना सनम एक साथ गाए ”आधा किलो सुन”हेरौ भाडियो सहित

चर्चित गायक प्रकाश कटुवाल र चर्चित गायिका जमुना सनमको आवाजमा यस बर्षको निकै रमाईलो तीज गीत ”आधा किलो सुन” सांगीतिक बजारमा आएको छ ।करिब ५ बर्षको अन्तरालमा यी कलाकार जोडीको संयुक्त तीज गीत बजारमा आएको हो ।रातो सरी सप्को काधमा ,यो तीजमा नाच्दिनी हो ,सबका चेली ,रातो रिबन सिरैमा जस्ता सफल मौलिक तीज गीत बजारमा ल्याएर दर्सक स्रोतालाई नचाउने यो जोडीले यति बेला निकै लामो समय पछी आधा किलो सुन नामक तीज गीत लिएर आएका छ ।

चर्चित गायक प्रकाश कटुवाल र चर्चित गायिका जमुना सनमको सुमधुर आवाज रहेको तीज गीतमा लय शब्द भने चर्चित गायक तथा सर्जक राजु सुनामको रहेको छ ।मार्मिक डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतका एरेन्जर पनि राजु सुनाम नै रहेका छन ।गोबिन्द पराजुलीले रेकर्ड गरेको उक्त गीत कुशल ध्वनि सम्पादक मान बहादुर बरालले ध्वनि सम्पादन गरेका छन् ।

आधा किलो सुन गीतको म्युजिक भिडियोका छायांकन नवराज उप्रेती हुन् भने सम्पादन मनोज कार्कीको रहेको छ ।दिपेन्द्र तिमिल्सिना को निर्देशन रहेको म्युजिक भिडियोमा जुना सुन्दास ,रमेश थापा र नबराज रिजालको अभिनय तथा नृत्य देख्न सकिन्छ ।मण्डली फिल्म्सले तयार पारेको म्युजिक भिडियो गायिका जमुना सनमको आफ्नै युटुय्ब च्यानलबाट सार्बजनिक गरिएको छ ।

बिगतका बर्षमा जस्तै यो बर्षमा पनि यो गीतलाई सफलता मिलोस हाम्रो शुभ-कामना ।।

हेरौ ” आधा किलो सुन “को पुरा म्युजिक भिडियो ।।