चर्चित गायक तथा मोडल राम्जी खांडले सलिना नेपालीलाई गोरखपुरे रेलमा लैजान्छु भनेका छन । बिशेष गरेर नेपाली लोक तथा दोहोरी गीतको म्युजिक भिडियोमा अभिनय गरेर ख्याती कमाएकी मोडल सलिना नेपालीलाई चर्चित गायक,मोडल राम्जी खांडले गोरख पुरे रेल तीज तीजमा लैजान्छु भनेका हुन ।
मोडल सलिनालाई राम्जी खांडसंगै बिश्वास नेपालले पनि लैजान्छु मायालाई रेलमा हाम्रो माया बसेछ ख्याल ख्यालैमा भनेका छन् ।
हिजो युटुवबाट सार्वजनिक भएको नयाँ तीजको गीतमा बसन्त लम्साल र मन्जु भट्टराईको स्वर रहेको छ । गीतलाई लय बसन्त लम्सालले सिर्जना गरेका हुन् भने शब्द बिक्कु कुँवरले तयार पारेका छन् । निकै आकर्षक ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायाँकन अजय रेग्मी र सम्पादन दिपक विस्टले गरेका छन् ।