Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

खैरेनीमा गेटका गायक भगवान भण्डारीकि श्रीमती निर्मला गाईन बबाल तीज गीत'रेशमको फरिया'

खैरेनीमा गेटका गायक भगवान भण्डारीकि श्रीमती निर्मला गाईन बबाल तीज गीत'रेशमको फरिया'

बर्षौ देखि नेपाली लोक संगीतको माटोमा हुर्केका एक जिउँदो इतिहास हुन् भगवान भण्डारी,उहालाई नेपाली माटोले सधै खोजिरहेको हुन्छ र त् होला आज फेरी नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा सुपरिचित रुपमा फर्किनु भएको छ उहाको श्रीमती निर्मला भण्डारी संग। श्रीमान् श्रीमतीको यो जोडी दर्शकस्रोताले निकै रूचाएका गायक गायिका हुन्। लामो समयपति यो जोडी फेरी नयाँ गीतमार्फत दर्शकस्रोता समक्ष प्रस्तुत भएका छन्। करिब दुई दशकभन्दा लामो समय लोक गीतसंगीतमा समय बिताएका भण्डारीको जोडीले तीजको मौका छोपेर नयाँ गीत लिएर दर्शकस्रोतासामु उपस्थित भएका हुन्।

परिवारसहित विगत केही वर्षदेखि संयुक्त राज्य अमेरिका बस्दै आएका गायक भण्डारीको लय तथा शब्द संकलनमा तयार भएको गीत ‘रेशमैको फरिया’मा श्रीमती निर्मला भण्डारीको स्वर सुन्न सकिन्छ। निर्मलाकै प्रस्तुतिको रूपमा उक्त गीत बजारमा आएको हो। उक्त गीतको भिडियोमा भने गायिका निर्मला भण्डारीसँगै नायिका रेजिना उप्रेतीले कम्मर मर्काएका छन्।

पुराना संगीतकार जुजु गुरूङको संगीत संयोजन रहेको उक्त गीतको भिडियो प्रकाश भट्टको निर्देशनमा तयार भएको हो भने राजेश घिमिरेले भिडियो खिचेका हुन्। मौलिक शब्द र संगीतमा तयार भएको उक्त गीतको भिडियो मंगलबार ‘भगवान भण्डारी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

‘खैरेनीमा गेट’, ‘फूलमा भमरा’, ‘इराकको घटना’, ‘डाली लर्कायो’ ‘गयौ धोका दिएर’, ‘वनमा काँडा छ’, ‘दिलको ढोका वन’, ‘बिग्रियो चाल पनि’, ‘स्याङ्जा बजार’, ‘आइनन् फर्केर’, ‘बाबा–आमा’लगायतका चर्चित गीतका सर्जक एवम् गायक भण्डारीले विदेशमा रहे पनि नेपाली मौलिक लोक संस्कृतिलाई दर्शकस्रोतमाझ पस्किँदै आएका छन्।

(भिडियो हेर्नुहोस्:)