Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

बर्षौ पछि तीजकै लागि फर्किएकी सिन्धु मल्लले युटुब ट्रेनिङमा आफुलाई अग्र स्थानमै पारिन (हेरौ)

बर्षौ पछि तीजकै लागि फर्किएकी सिन्धु मल्लले युटुब ट्रेनिङमा आफुलाई अग्र स्थानमै पारिन (हेरौ)

काठमाडौं । नेपाली महिलाहरुको महान चाँड हरितालिका तीज नजिकिँदै गर्दा चर्चित गायिका सिन्धु मल्लले पुनः एकपटक तीजको गीत ‘चिटिक्कै भाछु रे’ सार्वजनिक गरेकी छन् ।

पुरानो गीत ‘चिटिक्कै भाछु रे’ लाई नयाँपन दिएर गायिका मल्लले तीजका लागि भिडियो सार्वजनिक गरेकी हुन् । कुनै समय लोकगीत क्षेत्रमा एकछत्र राज गरेकी गायिका मल्लको ‘चिटिक्कै भाछु रे’ गीत अहिले युट्युब ट्रेण्डिङको पाँचौ नम्बरमा प्रवेश गर्न सफल भएको छ ।

पुरानो गीत भए पनि उक्त गीतलाई उनका दर्शक श्रोताहरुले पुनः उस्तै माया दिएका छन् । राजकुमार बगरका शब्द तथा सुदाम थापाको संगीत रहेको उक्त गीतमा चर्चित अभिनेत्री आँचल शर्माका साथमा अन्य कलाकारहरुले कम्मर मर्काएका छन् । शिव बिकले निर्देशन गरेको म्यूजिक भिडियोमा रामेश्वर कार्कीको छायांकन तथा सक्षमसिंह थापाको निर्माण रहेको छ ।

तीजका गीतहरु मात्र नभएर गायिका मल्ले लोक, आधुनिक पप जस्ता विधामा आफ्ना दर्शकहरुलाई चर्चित गीतहरु दिएर चर्चा कमाइ सकेकी छन् । उनका सबै गीतहरु दर्शक श्रोताहरुले निकै मन पराउने गर्दछन् ।