Shares
Shares
काठमाडौँ । पर्यटक पथ प्रदर्शकहरुको छाता सङ्गठन टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) को ३० औ साधारण सभा यहि माघ ११ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेभएको छ ।
सभाले निर्वाचन प्रकृयाद्वारा नया कार्यसमिति चयन गर्ने छ। लामो समयदेखी पर्यटन क्षेत्रमा काम गर्दै आइरहेका संकर भट्टराईले यसपटक टुर्गानको महासचिवमा आफ्नो उम्मेदवारी दिएका छन ।
उनी यस अघि पनि टुर्गानको कार्यसमितिमा रहेर काम गरीसकेका छन । पर्यटनको विकाश र प्रवद्धनमा खास गरी मह्त्वपुर्ण भुमिका खेल्दै आइरहेका पथप्रदर्शकहरुको पेशागत हकहितको लागी कुनै पनि पर्यटन सम्वद्द स्टेक होल्डरहरुले चासो नदिएको र जहिले पनि आफु श्रमिकहरु श्रम शोषणमा परिरहेको भट्टराई बताउँछन ।
अबको दिनमा कसैको पनि दया, माया र अनुकम्पाले नभै आफ्नै क्षमताले गुनस्तरिय काममा जोड दिई बजारमा पथप्रदर्शक हरुको पेशागत सुरक्षाको प्रत्याभूतिको निम्ति आफु बुलन्द आवाज बनेर अगाडी बढ्ने कुरामा उनी अडिग छन ।
उनले प्रस्तुत गरेका चुनावी एजेण्डाहरु यस्ता छन ।
१. नेपालका पर्यटकिय सङ्घ–संस्था बिच सौहार्दपूर्ण सम्बन्ध कायम गरी गुणस्तरिय पर्यटन विकास गर्नका निमित्त,
२. पर्यटकिय सङ्घर संगठनका क्रियाकलापहरु समेटी नेपाल जुनसुकै समयका लागि उत्कृष्ट गन्तव्य रहेको सन्देश प्रवाह गर्न,
३. पर्यटन विकासका निम्ति विभिन्न काल समयमा योगदान दिने व्यक्तिहरूको पहिचानलाई सुरक्षित गर्न, नेपाली पर्यटन लौहपुरुष घोषणा गर्न नेपाल सरकार र सम्बन्धित निकायमा दवाव दिन,
४. पर्यटन सम्बन्ध ट्रेड युनियनको आन्दोलन र उपलब्धिलाई सम्मान गर्दै पर्यटन श्रीवृद्धिका लागि हातेमालोको स्थिति सृजना गर्न,
५. विभिन्न स्थानिय तहका प्रमुखहरुलाई अवैधानिक ढंगबाट हुने पथ प्रदर्शक क्रियाकलाप रोक्न आग्रह गर्न,
६. हान, पाटा, टान, नेपाल पर्यटन बोर्ड, नाटा लगायतका पर्यटकिय सङ्घर संस्थाहरुसंग सहकार्य गरी टूर तथा ट्राभल्सका कार्यक्रमहरुमा विविधीकरण गर्न,
७. असार, श्रावण महिनामा नेपालको परम्परागत खेती किसानी गर्ने अवस्थालाई मध्यनजर गर्दै कृषि पर्यटन विकास गर्ने खाका तयार गरी विदेशीहरुलाई नेपाली कृषिको खोज अनुसन्धान गर्ने अवसर जुटाउन सम्बन्धित निकायसंग छलफल गर्न,
८.पर्यटन क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्ति,चालक, सहचालक, पोटर, ट्रेकिङ गाइड, गाइडहरुको विमा सुरक्षित गर्न,
९. पर्यटन क्षेत्रमा संलग्न व्यक्तिहरुको ज्ञान, क्षमता, अन्तरनिहित प्रतिभा, संस्मरण, भोगाई, पर्यटकिय गन्तब्यहरुको चिनारी, परिचय, लगायतका सन्देशमुलुक जानकारी समेटी वार्षिक स्मारिका प्रकाशन गर्न,
१०. विभिन्न अवसरमा खेलकुद, हाजिरी जवाफ प्रतियोगिता, टेबुल टेनिस, रक्तदान लगायतका अतिरिक्त कियाकलाप आयोजना गरी आर्थिक उपार्जनका उपाय अवलम्बन गरी आत्मनिर्भर टुर्गान, व्यवस्थित सञ्चालन भन्ने अनुभूति गराउन आदी।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209