Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि शिल्पा सुटिंगमा व्यस्त , छबि भने सम्पर्कबिहीन !!!

जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि शिल्पा सुटिंगमा व्यस्त , छबि भने सम्पर्कबिहीन !!!

अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई बुधबार गरेको थियो। तर अहिलेसम्म उनीहरु पक्राउ परेका छैनन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले अहिलेसम्म नभेटिएका उनीहरु छिट्टै पक्राउ पर्ने बताए। प्रहरीले खोजिरहँदा शिल्पा भने भोजपुरी चलचित्रको शुटिङमा व्यस्त छिन्।

केही दिन अघि भोजपुरी चलचित्र ‘जय शम्भु’को सुटिङ सेटबाट उनका केही तस्वीर बाहिरिएका थिए। तर छवि ओझा कहाँ छन् , थाहा छैन। ४ दिनअघि छविकी जेठी पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन्। छविले पहिली पत्नी हेमासँग सम्बन्धविच्छेद गरेका छैनन्।

यदि छविले हेमाँग सम्बन्धविच्छेद नगरी शिल्पासँग विवाह गरेको प्रमाणित भएमा छवि र शिल्पाको विवाह बदर हुनुका साथै यी दुवैले जेल सजायसमेत पाउन सक्छन् ।

यो पनि पढ्नुस : सरकारले विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ । सरकारले विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको हो । सरकारले २०७३ साल जेठ २५ गतेको सूची विस्थापित गर्दै नयाँ सूची ल्याएको हो ।

नयाँ सूचीअनुसार विदेशबाट ल्याउने सामानहरूमा लुगाफाटो, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान, ५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना, ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेनड्राइभ एकरएक थान, सात किलोसम्म खाद्य, एक लिटरसम्म मदिरा लगायत समानमा पूर्ण भन्सार छूट हुने जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार भन्सार ऐन २०६४ को प्रावधानअनुसार यस्तो सूची सार्वजनिक गर्ने प्रचलन छ । बजेटबाट सरकारले विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुन भन्सार महसुल तिरेर पास गराउन पाउने व्यवस्था गरेको छ । भारतीय सेना प्रहरीबाट सेवा निवृत्त भई निवृत्तिभरण पाउने गरी स्वदेश फर्कदा निवृत्त भएको कागजात पेश गर्दा एक पटकका लागि ५० हजारसम्मका निजी प्रयोगका सामानमा पूर्ण भन्सार छुट दिइएको छ ।

नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट दिइएको छ । नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भए निज र निजको परिवारका पुराना सबै किसिमका सामान स्वदेश ल्याउँदा पूर्ण भन्सार छुट हुने व्यवस्था गरेको छ । विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार महसुल लिएर जाँचपास गर्न सकिने व्यवस्था गरिएको छ । त्यो भन्दा बढी सुन ल्याएमा भने गैरकानूनी ठहर गरी जफत हुने भएको छ । सरकारले तोकेको परिणामभन्दा बढी सामान लुकाई छिपाई ल्याउन खोजेमा त्यस्तो सामान जफत हुने र कारवाही प्रक्रियामा जाने जानकारी अर्थ मन्त्रालयले गराएको छ ।