Shares
Shares
सन्तोष श्रेष्ठ,फाल्गुण १५ ।
विस । २०४६ साल मसिर १९ गते वौद्दको छिरिङ्ग रेष्टुरेन्टमा त्यहाका गुण्डाहरुले अकस्मात् भक्तराज आचार्यमाथी सामुहिक हमला गरे र उनीहरु फरार भए । आचार्यको टाउकोमा गम्भीर चोट लाग्यो र उनलाइ वीर हस्पीटल पुर्याइयो । १२ दिनसम्म उनको चोटको निदान भएन । १२ दिनपछि बल्ल उपेन्द्र देवकोटाद्वारा उनको टाउकोको अप्रेशन गरियो । टाउकोमा सय भन्दा बढि ठाउमा टाका लगाइयो । उनी सात महिनासम्म अस्पतालको वेडमा थला परे । त्यस घटनाको ठिक १ वर्षपछि वि। स। २०४७ साल मसिर १९ गते स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको निधन भयो । त्यसपछि २०५० सालमा भक्तराज आचार्यको जिब्रोमा क्यान्सर देखियो र जिब्रो नै काट्नुपर्ने अवस्था आयो ।
यसपछि नेपाली सङ्गीत क्षेत्रका उस्ताद , जादुमयी स्वरका धनी, सुगम सङ्गीत सुरका मानक, सङ्गीतका भक्त भक्तराज आचार्यको गायकीमा हठात पुर्णविराम लाग्यो अब उनी गाउन नसक्ने भए । गाउन नसक्ने भएपछि उनले आफ्ना हार्मोनियम र सारङ्गी दुइ छोराहरुलाइ हस्तान्तरण गरे र त्यहादेखी नै नेपाली सुगम सङ्गीतमा स्थापित गायकद्वय सत्यराज र स्वरुपराज आचार्यले पिताको विरासत थाम्दै आइरहेका छन ।
।।।।।।हजार सपनाहरुको माया लागेर आउछ ।।।।।
भक्तराज आचार्यको जीवनमा मसिर १९ को त्यो साझ एउटा ठुलो वज्रपात साबित हुन्छ । आचार्यका जीवनका कैयन स्वर्णीम सपनाहरुमा त्यहि दिनदेखी तुषारापात सुरु हुन्छ । हजारौ सपनाहरुको माया हुदा हुदै पनि त्यसलाइ पुरा गर्न सक्दैनन । त्यस बखत दुइ छोरा सत्य र स्वरुप १३ र ११ वर्षका नाबालिग थिए । उनीहरुले राम्रोसङ्ग कानुनी लडाइ लडेनन अथवा लड्न चाहेनन ।उनीहरु पिताज्युको उपचारमा बढि केन्दृत रहे । घट्ना घट्नु अघी भक्तराज आचार्यलाइ सो रेष्टुरेन्टमा पुर्याउने व्यक्ति थिए ( पुर्ण नेपाली। त्यस घटनापछि उनी कहिल्यै पनि भक्ताराजको परिवारको सम्पर्कमा आएनन । घट्ना घट्यो आक्रमणकारी फरार भए र ती आक्रमणकारीहरु को थिए, कहा छन र कसद्वारा परिचालित थिए भन्ने विषय आज सम्म पनि नेपाल प्रहरीले उजागर गर्न सकेको छैन ।घटना घटेको १२ दिनसम्म वहाको अप्रेशन प्रकिया सुरु नहुनुले पनि यस घटना थप रहस्यमय भएको सङ्गीत क्षेत्रका जानकारहरु बताउछन ।
भक्तराज आचार्यको जन्म वि। स । १९९९ साल असोज १६ गते धनकुटामा भएको हो । वि स २०३० सालमा रेडियो नेपालले लिने स्वर परीक्ष्या पास गरी उनले स्वर्ण पदक जितेका थिए उनले २०३० सालदेखी २०४६ सालसम्म १६ वर्षको छोटो अवधी मात्र नेपाली सङ्गीतमा योगदान दिने अवसर पाए । यद्द्वि छोटो समयको अवधीमा उनले विभिन्न कालजयी गजल,आधुनिक गीत, भजन, राष्टृय गीत, बालगीत आदि गाएर नेपाली सङ्गीत क्षेत्रलाइ अतुलनीय योगदान दिए । नेपालका भजन शिरोमणि उपाधीबाट सम्मानित स्व भक्तराज आचार्यलाइ, गीतका शब्दलाइ सहि र प्रष्ट सङ्ग उच्चारण गरेर गाउने विरल प्रतिभाको रुपमा हेरिन्छ । उनको गायकीबाट पाकिस्तानी गायक गुलाम अली पनि खुब प्रभावित भएका थिए । वहाले गाउनुभएको केही काल्जयी गीतहरुमा
( मुटु जलिरहेछ
( हजार सपना हरुकोमाया लागेर आउछ
( जति चोट दिन्छौ देउ मायालु
( माया मेरी साझ बनि डोली चढी आउछिन
( हजार आखा हेर्ने मेरी मायालुलाइ
( जहा छन बुद्दका आखा
( एकदिन मैले प्रभु सङ्ग सोधे
आज वहाको भौतिक शरिर हामी माझ नभए पनि वहाको स्वर सधै भरी हामीमाझ गुन्जीरहनेछन ।
अलविदा भजन शिरोमणि
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209