Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सावित्रा भण्डारी साम्बाले फेरि ईतिहास रचिन

सावित्रा भण्डारी साम्बाले फेरि ईतिहास रचिन

फाल्गुण २० ।

नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फेरि ईतिहास रचिकी छन । युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्राले बिश्वसामु फेरि अर्को ईतिहास बनाइएकी हुन । इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले चौथो खेलमा गोल गरेकी हुन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सावित्राले इन्जुरी टाइममा गोल गर्दै टिमलाई २–० को जित दिलाइन् ।

गुइगाम्पका लागि पहिलो गोल एन्टोनिए स्टारोभाले ५२औं मिनेटमा गरेकी थिइन् । उनले इन्जुरी समयको पहिलो मिनेटमा विपक्षीबाट सहकर्मीले खोसेको बललाई अघि बढाउँदै वान भर्सेस वानमा आकर्षक फिनिसिङ गर्दै टिमको अग्रता दोब्बर बनाइन। भर्खरै साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा नेपालका लागि खेल्दै उनी फ्रान्स फर्किएकी थिइन् । यही खेललाई ध्यानमा राख्दै सावित्राले बिहीबार जोर्डन विरुद्धको फाइनल खेल समेत छाडेकी थिइन् । सावित्रा नहुँदा नेपाल वाफ फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

लिलविरुद्धको खेलका लागि क्लबले साम्बालाई वाफ च्याम्पियनसिपको फाइनल नखेल्दै क्लबमा फिर्ता बोलाएको थियो। तर अधिकासं समय बेन्चमा रहेकी साम्बाले अन्तिम समयमा मैदान प्रवेश गर्दै टोलीका लागि गोल गरिन। साम्बा खेलको ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन। उनले इन्जुरी समयको पहिलो मिनेटमा विपक्षीबाट सहकर्मीले खोसेको बललाई अघि बढाउँदै वान भर्सेस वानमा आकर्षक फिनिसिङ गर्दै टिमको अग्रता दोब्बर बनाइन।

त्यसअघि दोस्रो हाफको सुरुवातमा एन्टोइन स्टारोभाले पेनाल्टीमा गोल गर्दै ग्वेंगाम्पलाई अग्रता दिलाएकी थिइन्। यो जितले ग्वेंगाम्प अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ। १६ खेलमा टोलीको १५ अंक पुगेको छ। रेलिगेसन क्षेत्रबाट क्लब ७ अंकको अग्रता बनाउन सफल भएको छ।

दक्षिण एसियाको महिला फुटबलको पावर हाउस भारतीय लिगकै सर्वाधिक गोलकर्ताको कीर्तिमान रचेकी सावित्राले इजरायली लिग हुँदै फ्रान्सको ‘डिभिजन वान फेमिनो’ लिग क्लब अन अभान्ट ग्वेंगाम्पमा आबद्ध भएर आफूलाई प्रमाणित गरिसकेकी छन् । लमजुंगमा जन्मेर फ्रान्ससम्मको यात्रालाई सम्भव पार्न उनले गोलकै सिढीं चढेकी हुन् ।

गर्विलो गोलसंख्याको इतिहास बनाउने क्रममा उनले दस वर्षअघि भुटानविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको केही मिनेटमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेर सिढींको खुड्किलोमा पहिलो कदम टेकेकी थिईन् । त्यसपछि २०१६ को दक्षिण एसियाली खेलकुद अन्तर्गत श्रीलंकाविरुद्ध दुई गोल, मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलमा एक गोल गरेकी थिईन् ।

लमजुङको सिम्पानीमा जन्मिएकी सावित्रा भण्डारी ’साम्बा’को खेलकुदमा आगमनको कथा रोचक छ। उनले घरेलु प्रतियोगिताबाट खेल्न थालेकी हुन्। उनी मैदानमा एकछत्र छाउँछिन्। उनको खेलकौशल र योगदान अरू खेलाडीको भन्दा अब्बल देखिन्छ। घरेलु प्रतिस्पर्धामा उनको चर्चा कति धेरै गोल गरिन् भन्ने प्रसङ्गमा नै बढी हुने गर्छ।

उनले नेपालको सर्वाधिक गोलकर्ताको कीर्तिमान २०७६ सालमा पोखरामा भङ्ग गरेकी थिइन्। तेह्रौँ दक्षिण एशियाली खेलकुदको क्रममा पोखरा रङ्गशालामा माल्दिभ्सविरुद्ध दुई गोल गरेपछि उनले यसअघि अनु लामाले बनाएको ३५ गोलको कीर्तिमान उछिनेकी थिइन्। यद्यपि धेरै गोल गर्ने भोकमा रहने गरेकी साम्बा नेपाल पुलिसविरुद्ध घरेलु लीग खेल्ने क्रममा घाइते हुँदा एक सीजन मैदानबाहिर रहनुपरेको थियो। तीव्र गति र गोल गर्ने गजबको कलाका कारण नेपालमा मात्र होइन, उनी दक्षिण एशियाकै उकृष्ट खेलाडीको रूपमा चिनिन्छन्।