Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रचण्ड पुरानै गठबन्धनमा फर्किने दाउमा,भोलि बिहान ८ बजे गठबन्धनको आकष्मिक बैठक

प्रचण्ड पुरानै गठबन्धनमा फर्किने दाउमा,भोलि बिहान ८ बजे गठबन्धनको आकष्मिक बैठक

काठमाडौँ । सत्ता गठबन्धनको खटपटले अन्तत देउवा र प्रचण्ड बीचको सम्बन्ध फुटको संघरमा पुगेको छ। गठबन्धन फेरबदलको यात्रामा प्रचण्ड लागेको खुलेको छ ।प्रचण्डले फेरी ओली सहित पुरानै गठबन्धन फर्काउने तयारीमा लागेको बालुवाटार श्रोतले बताएको छ । सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा खटपटका बिच सोमबार बिहान ८ बजे बैठक बस्न लागेकाे हाे । गठबन्धनले भोलि पनि निचोड ननिकाले यही अन्तिम बैठक हुन सक्ने माओवादीका एक नेताले लालीगुराँस डटकमलाइ जानकारी दिए ।

गठबन्धनमा आएको खटपटका बिच बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने चर्चाका बिच राजनीतिक गतिविधि बढेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आन्तरिक छलफल गरिरहेका छन् । यस बिचमा अहिले ओली र रबि लामिछाने लगाएतका नेताहरु प्रचण्डसंग छलफलको लागि बालुवाटारमा पुगेका छन ।