Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सार्वजनिक जग्गा अतिक्रमणको सूचना दिन जिल्ला प्रशासन कार्यालय काठमाण्डौको आग्रह

सार्वजनिक जग्गा अतिक्रमणको सूचना दिन जिल्ला प्रशासन कार्यालय काठमाण्डौको आग्रह

फागुन २१,काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय,काठमाण्डौले सार्वजनिक जग्गा अतिक्रमण वा दुरुपयोग भएको जानकारी भएमा त्यसको जानकारी उपलब्ध गराइदिन आग्रह गरेको छ । कार्यालयले आज सूचना निकालेर सार्वजनिक जग्गा अतिक्रमण वा दुरुपयोग भएको सूचना, प्रमाण वा विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो ।

काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले निकाल्नुभएको सूचनामा सार्वजनिक एवम् सरकारी स्वामित्वमा रहेको ऐलानी, सन्धि सर्पन, गौचरण, घाट लगायत जग्गाहरू कानुन विपरीत कसैले आफ्नो प्रयोग गरेको भए त्यस्तो जग्गाबारे सूचना वा प्रमाण उपलब्ध गराइदिन आग्रह गरेको हो ।

सूचनामा देशका विभिन्न भागमा सरकारी जग्गा अतिक्रमण गरी दर्ता गरिएको, अनधिकृत भोग चलन गरेको लगायतका उजुरी परेको र त्यस्तो भएको पाइएमा दर्ता गर्ने र भोग चलन गर्नेलाई कानुनी कारबाही गरी जग्गा सरकारकै नाममा ल्याउने प्रयोजनका लागि सूचना आग्रह गरिएको छ ।