Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानमन्त्री प्रचण्ड नआउदा सपथ खान गएका नया मन्त्रीहरु सितलनिवासमा अलपत्र

प्रधानमन्त्री प्रचण्ड नआउदा सपथ खान गएका नया मन्त्रीहरु सितलनिवासमा अलपत्र

प्रचण्ड अझै पनि सितल निवास नपुग्दा नयाँ मन्त्रीहरूको शपथमा ढिलाइ भएको छ । बुधवार साँझ पौने ६ बजे नै शपथको कार्यक्रम तय भएपनि सवा ७ बजेसम्म शुरू भएको छैन ।कांग्रेसँगको गठबन्धन भत्काएर नेकपा एमालेसँग सत्ता समीकरण शुरू गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार दोस्रोपटक मन्त्रिमण्डल विस्तार गरेका थिए । अहिले सपथ खान गएका मन्त्रीहरु अलपत्र परेका छन।

मन्त्री बन्न लागेकाहरू शपथका लागि शीतलनिवास पुगिसकेका छन् । सिंहदरबारमा नयाँ मन्त्रीको स्वागतका लागि कर्मचारीहरू लाइन लागेर बसेका छन् ।प्रचण्ड संगै पुर्व प्रधानमन्त्रीहरुको पनि प्रखाईमा नया मन्त्रीहरु बसिरहेका छन। देउवाले भने आजको सपथ ग्रहण पनि बहिस्कार गर्न सक्ने शंकेत देखिएको छ। माधबकुमार नेपालले फेरी प्रधानमन्त्री आफुले पनि पाउन पर्ने दाबि गरेपछि बालुवाटारमानै प्रचण्ड अलमलिएका छन।