Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

क्रिकेट टोलीको जर्सी लगाएर सांसदहरु संसदभवन पुगेपछि...

क्रिकेट टोलीको जर्सी लगाएर सांसदहरु संसदभवन पुगेपछि...

काठमाडौँ । सत्तारुढदल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् ।

टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टिमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन् ।

बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए । १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ ।

समूह ‘डी’मा रहेको नेपालको पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।